Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनविरुद्ध गोर्खा सैनिकको प्रयोग मित्रघात हो: फणीन्द्र नेपाल


इन्डियाले मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लदाखमा हालै तैनाथ गरेको छ। इन्डियाले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, 3-9 जिअार र 4-1 जिअारका झन्डै ४००० गोर्खाली सैनिक परिचालन गरेर नेपाल-चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको देखिँएकाे जनाउँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अाज २१ भदौ २०७७ का दिन प्रेस विज्ञप्ति जारी गरेको छ।
इन्डियाले चीनविरुद्ध गोर्खा सैनिक प्रयोग गर्ने देखिएकाले गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता नेपाल सरकारले तत्काल भङ्ग गर्नुपर्छ भन्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति:

इन्डियाले मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लदाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ। इन्डियाले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, 3-9 जिअार र 4-1 जिअारका झन्डै ४००० गोर्खाली सैनिक परिचालन गरेर नेपाल-चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको देखिँदै छ।

नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पुर्याउने हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारलाई तत्काल सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्ती सम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई हतियारसहित नेपाल फर्कन अादेश जारी गर्न अनुरोध गर्दछ। यदि गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा युद्ध भड्किएका खण्डमा नेपाल इन्डियाको पक्षबाट चीनविरुद्धको युद्धमा सामेल भएको मान्न कर लाग्नेछ। तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!