Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनसँगका ६ वटा नाकाहरू व्यवस्थित बनाउने आपूर्तिमन्त्रीको भनाई


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने जानकारी दिनुभएको छ। साथै उहाँले चीनसँगका ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङ लगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौं भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो।

प्रधानमन्त्री केपीशर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा एकीकृत जाँचचौकी उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले उत्पादित वस्तु सहजै तेस्रो मुलुकमा पठाउन सहज हुने बताउनुभयो।

मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य संघले आयोजना गरेको मरिण महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टले विगतमा मरिणका फाँटले नेपालको राजधानीमा अन्न पु-याएको तर आज मरिण खोलाले उर्वर भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र संघीय सरकार अघि बढेको बताउनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

Insert your Ads code here

‘हिजो हामी अन्नविदेश निर्यात गथ्र्यौं आज भारतबाट वार्षिक ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ,’उहाँले भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!