अमेरिकी न्यूयोर्क विश्वविद्यालयका प्राध्यपक पिटर बेइनार्टले २८ तारिखका दिन अमेरिकी “द एट्लान्टिक” वेबसाइटमा “ट्रम्पको चीनविच्छेदको घातक परिणाम” विषयक लेख प्रकाशित गर्नुभएको छ।
वर्तमान महामारीमा केही अमेरिकी राजनीतिज्ञ र टिप्पणीकारहरुमा अमेरिका चीनबाट अलग हुनुपर्ने मनसाय देखिएको कुरा लेखमा छ। वास्तवमा, महामारीको सामना गर्नुपर्दा अमेरिकाले चीनसँगको सहयोग रोक्नु हुँदैन तर ट्रम्प सरकारले ध्वस्त पारेको अमेरिका-चीन स्वास्थ्य सहयोगलाई पुनःस्थापित गर्नुपर्छ।
सन् २००३को सार्स, सन् २००९को एच१एन१ फ्लू तथा सन् २०१४ को इबोला भाइरसको प्रतिरोधमा अमेरिका-चीन सहयोगले महामारी विरूद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको थियो। तर सन् २०१८ मा ट्रम्प सरकारले विश्वव्यापी महामारी रोकथाममा लगानी घटाउँदैछ।
Insert your Ads code here
अब महामारी अमेरिकाभर फैलिरहेको छ, अमेरिका र चीनबीचको सहयोग महत्वपूर्ण छ। अमेरिकी जोन हप्किन्स युनिभर्सिटीका ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थका स्वास्थ्य केन्द्र प्रमुख टम इङ्लेस्बीले महामारीलाई नियन्त्रण गर्ने चिनियाँ अनुभवबाट सिक्नुपर्ने बताउनुभयो।
एक आपसमा जोडिएको संसारमा, विश्व सहयोगलाई सुदृढ पार्नाले अमेरिकीहरूलाई अझ सुरक्षित गर्नसक्छ, तसर्थ, अमेरिका-चीन सहयोग अझ बढाउनुपर्ने कुरा लेखमा उल्लेख छ।