चीनसँगको व्यापारिक नाका रसुवागढी र काठमाडौँबीचको सडकमा दर्जनौँ पहिरो गएपछि चार दिनेदेखि बन्द भएको छ । पहिरो हटाउन गएको डोजरसमेत भीरबाट खसेपछि बाटो खुल्ने अनिश्चित भएको हो । राष्ट्रिय ब्यापार संघका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार नौकुण्ड गाउँपालिकाको भार्खु, धुन्चे नजिकैको ठाडेसहित दर्जनौ ठाउँमा पहिरो गएको छ । उहाँले भन्नुभयो, पहिरो हटाउन गएको डोजरसमेत पल्टिएपछि त्यहाँ अरु जान सकेका छैनन् । अविरल वर्षा नरोकिएकाले पहिरो पन्छाउने काममा समेत अवरोध भएको छ।
कोरोना भाइरसका कारण ६ महिनायता बन्द भएको नाका १२ दिनअगाडि खुलेको थियो । नाका खुले पनि चिनियाँ पक्षले दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल आउन दिने गरेको छ । ती कन्टेनरका सामान काठमाडौँ ल्याउन पल्टी गर्दा ८ वटा नेपाली ट्रक भरिन्छन्।
दैनिक आठ ट्रक समान चीनबाट सीमानाका हुँदै नेपाल भित्रिए पनि सामान बोकेका नेपाली ट्रक भने पहिरोको जाममा फसेका छन् । जाममा फसेका ट्रकमा लत्ताकपडा, इलेक्ट्रोनिक, हाइड्रोपावरका उपकरण, स्याउ, लसुनलगायतका सामग्री रहेको पराजुलीले जानकारी दिनुभएको नेपालसमाज डटकमले जनाएको छ।
Insert your Ads code here
अहिलेसम्म चीनतिर १२ सय ट्रक समान अड्किएको छ। अगिल्लो हप्ता भोटेकोशीमा पहिरो गएपछि तातोपानी नाका पुगेका कन्टेनर पनि रसुवा नाकातिर फर्काइएका छन्।