Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनसँग जोडिएको पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको ओलाङ्चुङ्गोला नाका केही दिनका लागि बन्द


कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द गराएको छ। कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गराएको हो। यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयाे।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उहाँले बताउनुभयो।

‘आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवतजावत पनि भएको छैन,’ वडाध्यक्ष शेर्पाले भन्नुभयो।

Insert your Ads code here

नाका बन्द हुँदा एक–दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि वर्षाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ। वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन्। वर्षामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!