Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनसँग सीमा जोडिएको मनाङ र मुस्ताङका क्षेत्रमा पर्यटकलाई १५ दिने रोक


चीनसँग सीमा जोडिएको मनाङको नारफू र मुस्ताङको लोमान्थाङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ। सीमाक्षेत्रमा अवाञ्छित गतिविधि हुनसक्ने, नेपालबाट तिब्बत र तिब्बतबाट नेपाल प्रवेश गर्नसक्ने भन्दै सरकारले मनाङको नारफू र मुस्ताङको लोमान्थाङ (माथिल्लो मुस्ताङ) क्षेत्र विदेशीलाई प्रतिबन्ध लगाएको अध्यागमन विभागका उपसचिव डिजन भट्टराईले जानकारी दिनुभयो।

सन् २००३ बाटमात्रै सरकारी निगरानीमा पर्यटकलाई खुला गरिएका ती ठाउँमा सरकारले मार्च १५ देखि अप्रिल ३० तारिखसम्म प्रतिबन्ध लगाएको उपसचिव भट्टराईले बताउनुभयो। विभागले सूचना प्रकाशित गरी नियन्त्रित क्षेत्रमा सााढे १ महिना पदयात्रा नगर्न रोक उल्लेख गरेको छ। नियन्त्रित क्षेत्रमा जान अध्यागमन विभागले विशेष खालको अनुमतिपत्र जारी गर्छ। अध्यागमनले नारफूका लागि १ सातासम्मको अनुमतिपत्र जारी गरी प्रतिव्यक्ति सिजनमा ९० अमेरिकी डलर र ‘लो’ सिजनमा ७० अमेरिकी डलर लिने गर्छ। माथिल्लो मुस्ताङ क्षेत्रका लागि भने १० दिनको ५ सय डलर तिर्नुपर्छ। कान्तिपुर अनलाइनका अनुसार उनीहरुले ट्राभल एजेन्सीमार्फत अनिवार्य लाइसेन्स प्राप्त पथ प्रदर्शक लिएर जानुपर्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने भएकाले सार्कका नागरिकले १ हजार र सार्क बाहिरका नागरिकले ३ हजार रुपैयाँ तिर्नुपर्छ।

Insert your Ads code here

उपसचिव भट्टराईले नियन्त्रित क्षेत्रमा पर्यटकलाई जारि गरिने विषेश खालको अनुमति दिन रोक लगाएको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय मनाङले जनवरीमा नारफू पर्यटक नगएको जनाएको छ । फेब्रुअरीमा २ र मार्चमा ५ जना पर्यटक नियन्त्रित क्षेत्र नारफू गएका छन्। नारफू जाने पर्यटकको तथ्यांकलाई सीमा प्रहरी चौकी कोतोले राख्ने गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) केन्द्रीय कार्यालय पोखराका सूचना अधिकारी ऋषि बरालले चैतमा १, फागुनमा ५, माघमा २ पर्यटक नारफूमा गएको बताउनभुयो। सदरमुकाम चामेबाट हिाडेर २ दिनमा पुगिने नारफू जाने धेरै पर्यटक काङ्ला पास गरेर ङावल हुँदै माथिल्लो मनाङ निस्कन्छन्।

एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख राजकुमार गुरुङले नियन्त्रित क्षेत्रमा जान अध्यागमनले विशेष पर्मिट जारी गर्ने भएकाले उनीहरु उक्त ठाउामात्रै रोजेर जान सक्ने बताउनुभयो। एक्याप क्षेत्र पनि पर्ने भएकाले तोकेको दस्तुर उनीहरुले बुझाउनुपर्छ। एक्याप क्षेत्रमा जान उनीहरुलाई काठमाडौंमै पर्मिट दस्तुर तिर्ने व्यवस्था छ ।

चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकलाई पोखरा, काठमाडौं र बेंसीसहरमा पर्यटक प्रवेश शुल्क काउन्टर छ । बेंसीसहरबाट मनाङतर्फ गएपछि लमजुङको सिम्पानी बगैंचा र मनाङको धारापानी चोकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!