Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीन जोड्ने रसुवागढी नाका खुल्न एकसाता भन्दा बढी समय लाग्ने


सोमबारदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने सडक तत्काल सञ्चालनमा नआउने भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा कटान गरेको सडक सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । सडक करिब ५० मिटर कटान भएको नागरिकन्यूज डटकमले लेखेको छ।

भीरमा करिब १ मिटर सडक मात्र बाँकी छ। डिभिजन प्रमुख राजेश कुमार दासले सडक सञ्चालनमा आउन ५ देखि ७ दिनसम्म लाग्ने बताउनुभयो। ‘एकतर्फ सडक सञ्चालनमा ल्याउन करिब ७ एक सातासम्म लाग्ने देखियो’, उहाँले भन्नुभयो, ‘बुधबारदेखि हामी यस क्षेत्रमा काम सुरु गर्छौं ।’

बर्खा सुरु भएसँगै सडक खण्डको नयाँ नयाँ क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण बर्खाको समयमा यो सडक अवरुद्ध हुँदै आएको छ । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक पनि साउन १ गतेदेखि नै बन्द छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!