Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीन र नेपालबीच कूटनीतिक सम्बन्धको ६५औँ वार्षिकोत्सवलाई विभिन्न व्यक्तिको शुभकामना


 

चीन र नेपालबीचमा सन् १९५५ अगष्ट १ तारिख कूटनीतिक सम्बन्ध स्थापना भएको हो। चालु वर्ष दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षगाँठ हो। यस अवसरमा विभिन्न माध्यमबाट नेपाली शुभचिन्तकहरुले शुभकामना व्यक्त गर्नु भएको छ।

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले नेपाल र चीन बीचको कुटनैतिक दाैत्य सम्बन्ध स्थापनाकाे ६५अाैं वार्षिकोत्सबका अवसरमा शुभकामना ब्यक्त गर्दै भन्नुभएको छ: नेपाल र चीन बीचको मैत्री सम्बन्धको इतिहास निकै पुरानो रहेको छ र सधैंभरि रहिरहने छ। ६५ वर्ष अगाडि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि यता दुवै देशले एक अर्कालाई समानता, सहअस्तित्व, राजनीतिक, अार्थिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा पारस्परिक विश्वास बढाउँदै, पारस्परिक लाभका अाधारमा सहयोगको अादानप्रदान र सम्मान गरेका छन्। पछिल्लो समय नेपालका महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ्गले भ्रमणकाे आदानप्रदान गर्नुभयो। जसले दुई देशबीचको सम्बन्ध विकास र समृद्धिमा केन्द्रित रणनीतिक र सहकारी साझेदारीमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

चीन र नेपाल मित्रतामा स्वर्ण अक्षरले नयाँ अध्याय लेख्दै दुई देश एक अर्कालाई सहयोग गर्दै काेराेना महामारी विरुद्ध एकसाथ अगाडि बढिरहेका छाैं। यसबाट नेपाल र चीनबीचकाे सम्बन्धको विकासमा ठूलो महत्त्व पुगेको छ। हामी दुई देशबीचको सम्बन्धलाई अघि बढाउन, दुई देशका जनतालाई बढी फाइदा पुर्‍याउन र क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान पुर्‍याउन नेपाल र चीन सरकार तथा जनस्तरमा काम गर्न इच्छुक छाैं। हामीबीचको अापसी विश्वास र एकताबाट चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएकाे विचारधाराले विश्वभरिका मानव समुदायको भाग्य र भविष्य निर्माण गर्ने साथै विनविन अवस्था सिर्जना हुने विश्वास लिएका छाैं।

Insert your Ads code here

त्यसैगरी, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले यस अवसरमा खुशी व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनतालाई शुभकामना दिनु भएको छ।

 

 

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!