Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीन सरकार जनताप्रति उच्च संवेदनशील, बनायो यस्तो अस्पताल


चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १०६ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन्। राेगबाट बच्न पूर्व सावधानी अपनाउने काम भइरहेको छ भने सुरक्षाका लागि N95 मास्ककाे माग बढिरहेको छ। चीन सरकारले काेराेना भाइरसकाे महामारी नियन्त्रणमा लिइसकेको छ।

काेराेना भाइरसकाे सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ। नेपालमा दुईजनामा काेराेना भाइरसकाे सङ्क्रमण फेला परेको बुझिएको छ। नेपाल सरकारले पनि उपयुक्त सावधानी अपनाइरहेकाे देखिन्छ।

कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरिरहेकाे छ। यसअघि सात दिनमा एकहजार बेड क्षमताको अस्पताल निर्माण गरेको चीनले यसपटक भने छ दिनभित्रै एकहजार बेड क्षमताको अस्पताल निर्माण गरेर दुनियाँलाई चकित बनाएको छ। जनताप्रतिकाे जिम्मेवारी ब्यवहारबाट प्रदर्शन गरेर अब्बल ठहरिएको चीनले विश्व समुदायलाई जिम्मेवार सरकारकाे अर्थ ब्यवहारिकरुपमा बुझाइरहेकाे छ। कल्पना गराैं हाम्रो नेपालमा यस्तो हस्पिटल निर्माण गर्न लाग्यौं भने कति समय लाग्ला? त्यो हामी सबैले महशुस गर्न सक्छौं!

Insert your Ads code here

जनताको स्वास्थ्यका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङ्को निर्देशनमा उक्त हस्पिटल छ दिनमा निर्माण गरिएको हो। त्यसैले चीनलाई चमत्कारी देश भनेर पनि चिनिन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!