गुलरिया। बर्दिया प्रहरीले घरमा पार्किङ गरी राखेको स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
लुकाई छिपाई पार्किङ गरी राखेको अवस्थामा बारबर्दिया नगरपालिका वडा नं. ९ बैदीबाट स्कुटरसहित उमेश चौधरीलाई पक्राउ गरेको हो ।
कोहलपुरका प्रकाश खड्काको घरको बरण्डामा पार्किङ गरी राखेको भे. ७ प. ५४८९ नं. को निलो सेतो रंगको स्कुटर प्रहरी चौकी कतर्नियाघाटको गस्ती टोलीले फेला पारेको हो । चौधरीलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।