बर्दिया ,राजापुर
राजापुर नगरपालिका वडा नं २ ले एक कार्यक्रम बिच मंगलबार टोलको ९ जना चौकीदारहरुलाई ड्रेस लगायत टर्चहरु प्रदान गरेको छ ।
वडा नं २ का अध्यक्ष धरनीधर चौधरीले एक कार्यक्रम बिच वडा नं २ का ९ वटा टोलका ९ जना चौकीदारहरुलाई सिलाएको पाईन्ट सट(ड्रेस) र टर्च वितरण गरेको र अब टोपी जुत्ता पनि वितरण गर्ने बताउँदै थारु समुदायमा बरघर संग सगै चौकीदारको भूमिका विशेष हुने भएकोले हामीले चौकीदारहरुलाई ड्रेस वितरण गरेको र अब बरघर र महिला स्वास्थ्य सेविकाहरुलाई भ्रमण गराउने कार्यक्रम गरेको बताउनु भयो ।
थारु समुदायमा मूल बरघर,सहायक बरघर र चौकीदारको बिशेष भूमिका हुने गर्दछ । थारु बस्तिमा केही जानकारी तथा सुचनाहरु अाए चौकीदार द्धारा नै हाक पारी (कराउने) जानकारी दिने गरेको त्यस पछि नै समुदायको मान्छेले जानकारी पाउने गर्दछ ।
थारु समुदायको बाक्लो बस्ती रहेको राजापुर नगरपालिकामा बरघर पथालाई समाजिक मान्यता दिन कानुन बनाउने तयारी गरीरहेको छ । यस भन्दा अगाडी पनि वडा नं ८ले मूल बरघरहरुलाई मासिक रु १ हजार दिने निर्णय गरीसकेको छ भने वडा नं ६ले मूल बरघरहरुलाई सिम सहितको मोवाईल फोन वितरण गरिसकेको छ ।