Loading... आजः शनिबार , श्रावण १२, २०८१

चौथो चरणको लकडाउनमा सिक्किमको जनजीवन सामान्यबन्दै


गान्तोक, 19 मई। भरतले शुरु गरेको चौथो चरणको कोरोना महामारी विरुद्धको लकडाउनसितै सिक्किम सरकारले आम नागरिकको निम्ति दिएको केही राहत र छुटहरूले मानिसहरूलाई जनजीवन सामान्य दिशातिर लान निकै मदद पुगेको छ। राजधानी गान्तोकमा आज मानिसहरूको चह-पहल सामान्य झैं देखियो भने पछिल्लो 50 दिनदेखि बन्द रहेको फाष्ट फूड, मिठाइ दोकान र बेकरीहरू खुल्ला भएपछि मानिसहरूले बिर्सन लागेको स्वाद फेरी चाख्ने अवसर पाए।
राजधानीलगायत राज्यको चारैवटा जिल्लामा जनजीवन पुनः सामानन्य बन्ने क्रममा लागेको देख्न पाइयो। फाष्टफूड, मिठाइ पसलहरूलाई दिएको छुटमा सरकारले घरमा बोकेर लाने अनि पसलमा नखाने आदेश दिएको हुनले मानिसहरू सामाजिक दूरत्वको निम्ति कोरिएको रेखा भित्र उभिएर सामान किन्ने पालो पर्खिरहेका थिए। यसरी नै अन्तरजिल्ला यात्रुवाहक ट्याक्सीलाई अड र इवन फर्मुलामा लगाएर वाहन चल्ने अनुमतिले चारै जिल्लाको मानिसहरूको आवजाव पनि सम्भव भएको छ।
त्यसो त ग्रीन जोनमा रहेको सिक्किमले आम मानिसहरूको निम्ति धेरै राहत दिँदै लकडाउनलाई पालन गरिरहेको छ भने आजदेखि शुरु भएको चौथो चरणको लकडाउनमा भने मानिसहरू बाक्लो प्रकारले बजारमा देखा पर्नुले कोरोना विरुद्ध अनिवार्य सामाजिक दूरत्वलाई आम धारणा बनाउन अझ आवश्यक रहेको थाहा लाग्छ। सरकारले आपदा पर्बन्धन ऐन लागू गरेर फेस माक्स अनिवार्य, सार्वजनिक स्थलमा थुक्न प्रतिबन्ध र सामाजिक दूरत्व अनिवार्य गर्दै यो तीनवटा नियम पालन नगरेको खण्डमा जरिमाना सहित कानुनी कार्वाहीको प्रावधान पनि राखेर अगावै जनतालाई कडा निर्देश दिइसकेको छ।
अर्कोतिर आजदेखि पकाएर बेचिने खानाको पसलहरू खोलिएपछि विशेष गरेर मिठाइ दोकानका कामदार मजदूर र मालिकहरूलाई राहत पुगेको गान्तोकको मेट्रोका पसल मालिक गजानन अग्रवालले बताए। उनले सरकारको निर्णयलाई स्वागत गर्दै आभार प्रकट गरेभने पछिल्लो तीनवटा लकडाउनमा आफूसित रहेको कामदार र आफूलाई समेत ठूलै समस्या भइरहेको थियो भने अहिलेसम्म घरभित्रै बसिरहेका कामदारहरू आजदेखि रोजगारमा निस्किएको र पसल खोलेपछि उनीहरूलाई ठूलो राहत पुगेको बताए। यसैगरी राजधानीको बेकरीहरू पनि खोलिएपछि मानिसहरूले बडो उत्साह सित किनमेल गरिरहेको पनि देखियो। अर्कोतिर आम जनताको आवश्यकतालाई ध्यानमा राख्दै सरकारी कार्यालयमा पनि कोविड-19बारे जारी सबै दिशा निर्देशबारे 30 प्रतिशत कर्मचारी राखेर कार्यालयहरूमा काम शुरु भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!