Loading... आजः शनिबार , श्रावण १२, २०८१

छाङरुमा सडक मर्मत गर्दै सशस्त्र प्रहरी, तीन बीओपी थपियो


सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) ले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ। सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको अनलाइन खबरले लेखेको छ।

स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ। सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो। सशस्त्रले बाटो सुचारु गराएपछि स्थानिय जनता खुशी भएका छन्। बाटो मर्मतपछि सदरमुकाम बसाइँ सरेर आएका तिंकरका बासिन्दालाई गाउँ फर्कन र चौपाया तथा खाद्यान्न लैजान समेत सहज भएको छ।

यस्तै, १७.४५ किलोवाटको छाङरु जलविद्युत आयोजनाको नहर समेत सशस्त्र प्रहरीले मर्मत गरेको छ। हिउँ पहिरोका कारण ठाउँ ठाउँमा भत्किएको नहरको हिउँ पन्छाएर जलविद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरीले सहयोग गरेको हो।

Insert your Ads code here

सशस्त्र प्रहरीले दार्चुलामा तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ। भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले दार्चुलाको सीमा सुरक्षामा उपस्थिति बढाइरहेको छ। त्यही क्रममा बिहीबार एकैदिन दार्चुलामा तीन वटा बीओपी स्थापना गरिएको हो।

सशस्त्र प्रहरी बलको मुख्यालय, हल्चोकका एक अधिकृतका अनुसार दार्चुलाको मालिका अर्जुन गाउँपालिका–४, जोलजिबी, लेकम गाउँपालिका–३, लाली र ब्यास गाउँपालिका–२, दुम्लिङमा बीओपी राखिएको छ।

यसअघि सरकारले कालापानीबाट केही वर छाङरुमा बीओपी राखिसकेको छ। तीनवटै बीओपीको सशस्त्र प्रहरी बल नम्बर ७, बैध्यनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले उद्घाटन गर्नु भएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!