चीनको गुर्मु सहरले भरतपुर महानगरपालिकालाई कोरोना भाइरस कोभिड–१९ संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। गुर्मु सहरले ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।
सहयोग स्वास्थ्य सामग्रीमा १० हजार थान सर्जिकल मास्क, ९६० थान एन ९५ मास्क, १२० थान पीपीई, १२० थान थर्मल गन रहेका छन्।
गुर्मु सहरका प्रतिनिधिले भरतपुर महानगरपालिकाका प्रतिनिधिलाई उक्त स्वास्थ्य सामग्री नेपाल–चीन सीमा नाकास्थित मितेरी पुलमा गत सोमबार हस्तान्तरण गरेका थिए।
Insert your Ads code here
भरतपुर महानगरसँग भगिनीसम्बन्ध रहेको गुर्मु सहरका प्रतिनिधि चाङ्ग जिउ लिई लिले सो सामग्री महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको महानगरले जनाएको छ । प्राप्त सामग्री नगरप्रमुख दाहालले बुधबार नै जिन्सी शाखालाई हस्तान्तरण गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिनुभयो।
यी दुई नगरबीच विभिन्न समयमा दुई पक्षीय आपसी सहयोग आदानप्रदान भइरहेको महानगरले जनाएको छ।