Loading... आजः शनिबार , श्रावण १२, २०८१

छुबा गाउँबाट मल्ली बाल यौन मामिला आरोपी पक्राउ सिक्किम पुलिसको आँकडाले बतायो सालैपिछे बढ्दैछ राज्यमा बाल यौन अपराध


गान्तोक, 17 अगस्त। सिक्किम पुलिसले कोविड-19को महामारीबीच पनि महामारीसित जुझ्न अग्रीम पङ्तिको योद्धाको काम गर्दा गर्दै साविकको अपराधिक मामिला अनि अन्य अपराधमा पनि जिम्मेवार निर्वाह गरिरहेको कारण नै दक्षिण सिक्किमको मल्ली थाना अन्तर्गत अपर सदाम निवासी रूप नारायण राईले 13 वर्षीय नाबालिकसित गरेको यौन हिंसाको मामिलालाई पनि पुलिसले आरोपी पक्राउ गरेर छानविन शुरु गर्न सफल भएको पुलिस विभागका प्रवक्ता तथा डीआईजी रेञ्ज प्रवीण गुरुङले दावी गरेका छन्। विशेष रूपले मल्ली बालिका यौन हिंसा प्रकरण बारे नै पत्रकार सम्मेलन डाकेर डीआईजी गुरुङले उक्त घटनाको वस्तु स्थितिबारे जानकारी गराए। आरोपी राई विरुद्ध बाल यौन अपराध निरोधी कानुन (पोक्सो) 2012को धारा 6,10 अन्तर्गत मल्ली थानामा गत 14 अगस्तको दिन मामिला दर्ता गरेर आरोपीलाई खोज्ने अभियान थालेको बताए।
विभिन्न माध्यमहरूको प्रयोग गर्दै आरोपीलाई खोज्ने प्रक्रिया जारी राखेको अनि आज बिहान दक्षिण सिक्किमकै छुवा गाउँबाट पुलिससित सम्पर्कमा आएर आरोपीले आत्मसमर्पण गर्ने निर्णय गरेपछि पुलिसले औपचारिकरूपमा पक्राउ गरेको जानकारी गराए। आरोपी समाजको एक नाम चलेको व्यक्ति भएको कारण उनले गरेको अपराध जघन्य भएको हुनाले यस विषयमा जनतालाई स्पष्टरूपमा जानकारी गराउन उचित रहेको भन्दै डीआईजी गुरुङले बताए। उनले आरोपीलाई पक्राउ पछि छानविन र अन्य प्रक्रिया शुरु गरिसकेको जानकारी दिए। यसका साथै नाबालिकालाई स्वास्थ्य जाँच साथै परामर्शको निम्ति चायल्ड कियरमा राखिएको बताए। भोली आरोपीलाई न्यायालयमा उभ्याएर छानविनको निम्ति पुलिस हिरासतमा लिइने जानकारी गराए।
अर्कोतिर उनले पश्चिम जिल्लाको गेजिङ थाना अन्तर्गत भएको हत्याको मामिला पनि पुलिसले समय भित्रै समाधान गर्न सकेको जानकारी गराए। मल्ली र गेजिङको मामिलालाई सुल्झाउन सफल भएकोमा पश्चिम जिल्ली र दक्षिण जिल्ला पुलिस र उनीहरूका अधिकारीहरूलाई पुलिस विभागको तर्फबाट बधाई पनि दिए। अर्कोतिर डीआईजी गुरुङले बाल यौन हिंसामा संलग्न भएको पछिल्लो 2013देखि यस वर्षको जून महिनासम्मको आँकडा बताए। जुन निक्कै सम्वेदनशील र कहाली लाग्दो देखिएको छ।
हुनत 2012 सालमा पोक्सो कानुन बनिएपछि खुलेर बाल यौन हिंसाको मामिलाहरू पुलिको नजरमा परेको बताइए पनि सिक्किम जस्तो सानो राज्यमा यसको निक्कै आश्चर्यजनक आँकडा अघि आएको छ। डीआईजी गुरुङले बताएको आँकडा हेर्नेहो भने प्रत्येक वर्ष दोब्बर संख्यामा बाल यौन हिंसा भइरहेको छ। आँकडा हेर्नेहो भने कानुन लागु भएपछि 2013-मा राज्यभरि केवल 5वटा मामिला दर्ता गरिएको थियो जुन 2014-सालमा बढेर 49पुगेको थियो भने, 2015-मा 39वटा मामिला दर्ता भएको छ। यसरी नै 2016-मा 90वटा मामिला आएको थियो भने, 2017-मा 84 तथा 2018-मा 114वटा बाल अपराधको घटना अघि आएको छ। यसरी नै गत वर्ष 2019-मा 91वटा मामिला दर्ता भएको थियो भने यो वर्ष लामो समयदेखि लामो समयदेखि महामारी चलिरहेको छ भने बाल यौन हिंसा घटेको छैन। जसको प्रमाण गत जून महिनासम्ममात्र बाल यौन अपराधको 50 भन्दा धेरै मामिला दर्ता भइसकेको छ।बाल यौन हिंसा सबैभन्दा धेर पूर्व जिल्लामा 44 प्रतिशत, दक्षिण जिल्लामा 33 प्रतिशत, पश्चिम जिल्लामा 17 प्रतिशत र उत्तर जिल्लामा 5 प्रतिशत हुनेगरेको उनले आँकडा दिएका छन्। यद्यपी सिक्किम पुलिसले दक्षिण जिल्लाबाट तत्कालिन अधिक्षक तेञ्जिङ लोडे लेप्चाको तत्परतामा ज्योति अभियान थालिएको र सफल रहेको अनि भविष्यमा राज्यको अन्य जिल्लामा पनि यो अभियान शुरु गर्ने पुलिसले पहल गरिरहेको बताए।
अर्कोतिर अल्केम कारखानाको कोरोना संक्रमितहरू भागेको मामिलाबारे छानविन चलिरहेको डीआईजी गुरुङले बताए। यसरी नै सूचना तक्निकी विभागमा मरम्मतिको निम्ति आएका अभियान्ताहरू विरुद्ध पनि मामिला दर्ता गरेर छानविन शुरु गरेको बताए भने विपक्षी दल एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नलमाथिको आक्रमणमा पनि निरन्तर छानविन जारी रहेको अनि समाधान गर्ने विश्वास व्यक्त गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!