जङ्गूको एक किशोरीको आत्महत्या प्रकरणमा पुलिसको कार्वाही प्रश्नको घेरामा
गान्तोक, 4 मार्च। सिक्किमको दुर्गम क्षेत्रका बालिकाहरूलाई राजधानीमा पढाउने लोभमा राखिएपछि उनीहरूको सही पालनपोषण र पठनबाठन नहुँदा विभिन्न कारणले आत्महत्या गरिरहेको कुरा संवेदनशील रहेको सिक्किम इण्डिजिनियस लेप्चा एसोसिएसनका अध्यक्ष सुश्री मायल्मित लेप्चाले मन्तव्य व्यक्त गरेकी छन्। उनले यो सन्दर्भ उत्तर सिक्किमको दुर्गम क्षेत्र जङ्गूको एक किशोरीको राजधानी गान्तोकमा आत्महत्या पछि निधन भएको घटनालाई लिएर उठेको विवाद बारे सदर थानामा सिकायत गर्दै भेला भएका पिढित पक्षले आफ्नो गुनासो राख्ने क्रममा यस प्रकारको मन्तव्य उठाएका हुन्। गत 2 मार्चको दिन ह्वेष्ट पोइण्ट स्कूलमा अध्ययनरत उक्त विद्यार्थीले आत्महत्या गरेको बताइन्छ। तर आत्महत्या पछि हतार हतार पोसमार्टम नगरी दाह संस्कार गरिएको हुनाले मृत्यु बारे आपत्ति जनाउँदै सुश्री लेप्चाले पुलिसको कार्वाही माथि शङ्का व्यक्त गरिन्। पुलिसले मृतदेहको गुप्ताङ्गबाट रगत बहिरहेको पनि स्वीकारको हुनाले उक्त घटना आत्महत्या नभएर गर्भपातको कारण भएको हुनसक्ने पनि सम्भावना रहेको तर घटनाको सही जाँच र पोष्टमार्टम समेत नगरिनुले एक अबोध किशोरीको ज्यान गएकोमा दुःख व्यक्त गर्दै यस्तै खालको घटनाहरू पश्चिम जिल्लाको विभिन्न दुर्गम ठाउँहरू र जङ्गूजस्तो दुर्गम ठाउँहरूका छोरीहरूको राजधानी गान्तोकमा आएर यस्तै प्रकारको विभिन्न दुर्दशाहरू हुनेगरेको कुरालाई गम्भीरता सित लिनुपर्ने पनि बताइन्। दाह संस्कार गर्ने क्षमता नभएको भन्नेजस्ता कुराहरूलाई अघि सारेर घटनालाई ढाक छोप गर्न पोष्टमार्टम नगर्न हस्ताक्षर गराएर अनुमति लिएपछि मर्नेको कारण सही रूपमा जानकारीमा नआएपछि घटना ओझेलमामा परेको पनि बताइन्। घटना अनुसार वेष्ट पोइण्ट स्कूलमा 10औं श्रेणीमा पढिरहेकी उगेन ग्याल्मो लेप्चाले आत्महत्या गरेको कुरालाई लिएर पुलिससित सोधपुछ गर्दा पनि पोस्टमार्टम रिपोर्ट आउन घरि एक महिना लाग्ने र घरि 15 दिन लाग्ने भन्दै टार्ने काम गरिएको कुरालाई लिएर आफूहरूमा सन्तुष्टी नभएको पनि बताउँदै दुर्गम क्षेत्रका गरीबका नानीहरूलाई काम गर्न राजधानीमा ल्याएर उनीहरूको सही हेरचाह नहुने कुराको पनि यसै पुष्टी गर्ने बताइन्। आज सदर थानामा यसै मामिलालाई लिएर निक्कै विवाद पनि सिर्जना भएको थियो।