Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

जनआस्थामाथि बिप्लव नेकपाको धम्की !


नेकपा बिप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा आज जारी बिज्ञप्तीलाई धम्कीपूर्ण विज्ञप्तिकाे संज्ञा दिंदै जनअास्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले अाफ्नाे फेसबुकमार्फत लामो प्रतिक्रिया जनाएका छन्। उनलेे लेखेका छन्:

जनआस्थामाथि बिप्लव नेकपाको धम्की:
सधैं सकभर नौलो र पृथक समाचार सम्प्रेषण गर्दै आएको जनआस्था साप्ताहिक सम्बध्द अनलाइन janaaastha.com विरुद्ध नेकपा बिप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा आज जारी धम्कीपूर्ण बिज्ञप्तीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ!

मुलुकको आन्तरिक सुरक्षा हेर्ने तालुकवाला मन्त्रालय (गृह) द्वारा उसका सबै प्रमुख अङ्गहरुको नाममा जेठ २१ गते जारी परिपत्रमा आधारित उक्त सूचना न त कथा हो,न षडयन्त्रको उपज नै! सूचनाको सत्यतावारे आधिकारिक धारणा राख्ने निकाय गृह मन्त्रालयको प्रमुखमा प्रकाण्डजीकै पूर्व सहयोध्दा रामबहादुर थापा “बादल” कार्यरत हुनुहुन्छ,साथीको नाताले कुरा के हो भनेर फोनमै सोधी हेर्दा पनि भैहाल्छ! लुकेका सूचना ल्याएर जनतासामु पस्कनु प्रकाण्ड कमरेडको बिज्ञप्तीमा भनिए झैं खुफियागिरी गर्नु हैन,बरु चौथो अङ्गको धर्म हो,यत्ति कुरा बुझिदिने एक थान मुटु भैदिए मिडियालाई धारेहात लाइरहनै पर्दैन!

Insert your Ads code here

जनआस्थाले कुनै आधारबिना त्यत्तिकै समाचार लेख्दैन,गृहको यही सर्कुलरमा टेकेर प्रकाशित समाचारको वास्तविकता नबुझी प्रकाण्डले बिज्ञप्तीको नाममा बिज्ञप्ती निकालेकोमा हामीलाई दु:ख लागेको छ!

सत्य समाचार पस्केर मुलुकलाई सुसूचित गर्ने जिम्मेवार मिडियाकर्मीहरुबिरुध्द यस्तै अाक्षेपपूर्ण,धम्कीपूर्ण र मिडियाकर्मीको ज्यानै लिनेसम्मको अप्रत्यक्ष आशय सन्निहित बिज्ञप्ती निकाल्न कम्युनिस्ट आन्दोलनमा भोटो फटाएर मन्त्रीको जिम्मेवारी सम्हाली देश खाइसक्नुभएका प्रकाण्ड कमरेडलाई छुट दिदै जाने हो भने आइन्दा बिप्लव समूहले कम्तिमा निष्पक्ष र सन्तुलित समाचार प्रवाहमा बिश्वास राख्ने मूलधारका कुनै पनि सन्चारमाध्यमबाट कुनै पनि प्रकृतिको सहानुभूतिसम्म नपाउने स्थिति आउनसक्छ! पत्रकारसम्बध्द समस्त संघ सङ्गठनलाई प्रकाण्ड कमरेडका यस्ता अवान्छित आक्रमणविरुद्ध एकै ठाउँमा उभिन जनआस्था हार्दिक आग्रह गर्दै मिडियामाथि आइपर्न सक्ने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने कुरामा बिप्लव नेकपाको गम्भीर ध्यानाकर्षण गराउँदछ!

तस्बिर किशोर श्रेष्ठको फेसबुकबाट साभार गरिएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!