Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

जनको स्वास्थ्यको प्रत्याभूति भावी ५ वर्षमा चीनको प्राथमिकता


आगामी ५ वर्षमा चीनले जनताको स्वास्थ्यलाई विकास क्रममा प्राथमिकता दिने रणीति निश्चित गरेको छ। चीनले स्वास्थ्य तथा खेलकूदको ठूलो विकास गर्दै जानेछ। सेप्टेम्बर २२ तारिख चीनका सर्वोच्च नेता सी चिनफिङले पैचिङमा शैक्षिक, सांस्कृतिक तथा स्वास्थ्य एवं खेलकूद क्षेत्रका विशेषज्ञहरूसँगको गोष्ठीमा जोड दिँदै उक्त जानकारी दिनुभएको हो।

हाल कोभिड-१९ महामारी विश्वमा फैलिरहेको छ र यो नै दोस्रो विश्व युद्धपछि मानवजातिसामु देखा परेको सबभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य आपतकालीन घटना हो। महामारीको नियन्त्रण क्षेत्रमा चीनले ठूलो उपलब्धि हासिल गर्दै सन् २०२१-२०२५ विकास योजनाको तर्जुमा गर्दै छ। मध्यकालीन तथा दीर्घकालीन योजनाले आर्थिक तथा सामाजिक विकासको निर्देशन गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीले देशको शासन व्यवस्था गर्दा एक महत्वपूर्ण तरिका हो। १ अर्ब ४० करोड जनताको भावी ५ वर्षको विकास सम्बन्धी यस योजनाको लागि चालु वर्षयता, चिनियाँ नेतागणले धेरै पटक गरी निरिक्षण गर्दै विभिन्न क्षेत्रका व्यक्तिसँग गोष्ठीको आयोजना गर्नुभएको छ।

सेप्टेम्बर २२ तारिख आयोजित गोष्ठीमा सीले जनताको स्वास्थ्यको चौतर्फी तथा सर्वकालीन रूपमा प्रत्याभूति दिनुपर्ने पुष्टि गर्नुभएको छ। साथै उहाँले खेलकूद जनताको स्वास्थ्य स्तरलाई उकास्ने महत्वपूर्ण उपाय भएकोले स्कुलमा खेलकूलको शिक्षानलाई सबल पार्नुपर्ने आग्रह पनि गर्नुभएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!