Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

जनताले होइन, सरकारले कानुन उल्लङ्घन गरेको छ- एमके सुब्बा


गान्तोक, 20 अगस्त। देश महामारीको सङ्कटमा परेको समय वर्तमान सिक्किम सरकारले प्रशासनिकरुपमा मात्र काम गरिरहेको कुरा एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बाले बताएका छन्। यस्तो महामारीको समयमा तादोङ पाँच माइलस्थित मणिपाल अस्पतालमा एक हप्ता भित्रमा तीन जना मानिसले ज्यान गुमाउनुपरेको विषयमा पनि कुरा राखेका छन्। आज एसडीएफ पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रवक्ता एमके सुब्बाले भनेका छन्, तीन जना निर्दोष सिक्किमेले ज्यान गुमाउँदा पनि सिक्किम सरकार चुप लागेर बसेको बसेकै छ। केही दिन अघि सिक्किम सरकारका स्वास्थ्य मन्त्री डा. एमके शर्माको भ्रमणमा उनले राखेको फेक्ट फाइण्डिङ कमेटीको कुरा पनि त्यतिकै छ। उनले सिक्किमे जनताले सिक्किममा यसरी नै बिवस भएर बस्नुपर्ने हो भनेर प्रश्न पनि राखेका छन्।
कोविड-19को प्रोटोकलमा कोविड, ननकोविड अस्पतालहरू अलग हुनुपर्ने विषयमा कुरा राख्दै यस कुरामा एसडीएफ पार्टीले पाँच महिना अघिदेखि सरकारमा यस विषयमा कुरा पुऱ्याएको बताएका छन्। वर्तमान सरकारले कोविड प्रोटोकल फलो गरेको छैन, डेडिकेटेड कोविड अस्पताल भनेर एसटीएनएमको सात र आठौं तला राखेको छ अनि नन कोविड अस्पतालको कुरामा सरकारले सीआरएचएम तादोङको उल्लेख गरेको बताएका छन्। उनले यस अतिरिक्त कोविड केयर सेण्टर, कोविड डेडिकेटेड सेण्टर आदिको सिक्किममा कुनै ठाउँ नै नभएको बताउँदै यो जति प्रोटोकलको उल्लङ्घन अरु तेही पनि होइन र मणिपालको घटनामा पूर्णरूपमा सरकार र मणिपालको प्रबन्धनपक्ष दोषि रहेको बताएका छन्।
उनले अघि भनेका छन्, रङ्गेली महकुमामा 7 जुलाईदेखि लिएर आजसम्ममा लगभग दुई सय 52वटा कोरोना मामिला देशमै पर क्यापिटा डेन्सिटीको संक्रमण फैलिएको छ। जनसंख्याको आधारमा हेर्नुहो भने सिक्किममा महाराष्ट्रको धारावी पछिको दोस्रो नम्बरमा संक्रमण बढेको हुनसक्ने आफ्नो अडकल राखेका छन्। उनले रङ्गेलीको लगभग एक किलोमीटरको रेडियसमा 252 मामिला आउनु भनेको अचम्मितहुने कुरा हो। यसको सबै गल्ती सिक्किमका मुख्य सचिव, पूर्व जिल्लाका जिल्लापालको हो भनेर पहिले देखि नै कुरा राखेको बताएका छन्। उनले यसमाथि कुनुनी कार्वाही हुनुपर्ने कुरा राखेका छन्। उनले 6 अगस्तको दिन राज्य बाहिरबाट आएका आईटी प्रोफोसनलहरू कोविडको प्रोटोकल तोडेर सिक्किम घुमेका छन्। आज संक्रमण फैलाएको कारण सचिवालय बन्द छ। बिना पर्मिसन उनीहरू दक्षिण पश्चिम जिल्ला घुमेर आएका छन्। जसको हातमा सिक्किमेको स्वास्थ्यको जिम्मेवारी छ सुरक्षाको जिम्मेवारी छ उनीहरूले नै कानुन तोडिरहेका छन्। जनताले सरकारका सबै कुरा मानिरहेका छन्। हरेक कुरामा सरकारलाई समर्थन दिइरहेका छन् तर सरकारले कानुन उल्लङ्घन गरिहेको छ। डिजास्टर मेनेजमेण्ट एक्ट अन्तर्गतको कानुन उल्लङ्घन गरिए त्यसको दोष जनतालाई मात्र दिनु हुँदैन यस्ता काण्डमा जो दोषि छन् उनीहरूलाई पनि यो कानुन लाग्नुपर्छ भन्ने एसडीएफ पार्टीको अडान रहेको बताएका छन्।
सम्मेलनमा प्रवक्ता जेबी दर्नालले पनि सम्बोधन राखेका थिए। उनले आज नेपाली भाषाले संविधानको 8औं अनुसूचीमा मान्यता पाएको अवसरमा सबैलाई बधाई दिएका छन्। उनले यस भाषालाई मान्यता दिलाउनको निम्ति संघर्ष गरिरहेका तत्कालिन सिक्किमका मुख्यमन्त्री स्व. नरबहादुर भण्डारी अनि तत्कालिन सिक्किमकी एक मात्र लोकसभा सांसद श्रीमती दिल कुमारी भण्डारीको अथक प्रयासले सफल भएको संघर्षलाई एसडीएफ पार्टीका अध्यक्ष र एसडीएफ पार्टीको पक्षबाट संघर्ष कर्ताहरूलाई धन्यवाद अनि शुभकामना व्यक्त गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!