Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

जनयुद्धमा परिवारका सात जना गुमाएका अग्नी सापकोटा सभामुख


प्रतिनिधि सभाको सभामूखमा अग्नि सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका छन्। आज बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। सभामूखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेता हुन्। गाउँको विद्यालयमा प्रधानाध्यापक रहेका सापकोटा राज्यबाट पटकपटक पीडित व्यक्ति हुन्। सापकोटालाई रोक्न द्वन्द्वकालीन मुद्दा मामिलालाई पेशाको रुपमा अपनाउने कानून व्यवसायी र आफूलाई अधिकारकर्मी भन्नेहरु जोडिएका छन्।

युद्धकालीन मुद्दालाई पेशाको रुपमा अपनाउँदै आएका अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे। द्वन्द्वकालीन मुद्दालाई एकपक्षीय वकालत गर्नेहरुले सापकोटाको चर्को विरोध गरे। शान्ति प्रक्रियापछि निरन्तर सापकोटाविरुद्ध केही संघसंस्था र व्यक्तिले अभियान नै सञ्चालन गरे। अहिले पनि ती व्यक्ति र संघसंस्था सभामूख नबनाउन भन्दै अनेक प्रयासमा थिए। सर्वोच्चमा सापकोटाविरुद्ध परेको रिट हेर्न नमिल्ने सूचीमा रह्यो। सर्वोच्चको सम्भावित फैसलाबारे आइतबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए।

Insert your Ads code here

परिवारका सातजना मारिएको त्यो पीडा

तत्कालीन विद्रोही नेकपा माओवादीमा लागेको भन्दै राज्य पक्षबाट निर्दोष सातजना परिवारका सदस्य सभामूख सापकोटाले गुमाएका छन्। उनको सिंगो गाउँ कुविन्डेबाट मात्र राज्यको तर्फबाट २१ जना मारिएका छन्। दुईजना अहिले पनि बेपत्ता छन्।

सापकोटा परिवारबाट राज्य पक्षले सातजना हत्या गरेको विषयमा मानव अधिकारवादी वा चर्चामा आउन द्वन्द्वलाई खेतीको रुपमा प्रयोग गर्नेहरु बोल्न सक्दैनन् । सापकोटा परिवारका सातजनालाई राज्यले सहिद घोषणा गरेको छ। तत्कालीन राज्य पक्षले सापकोटाको गाउँ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविन्डेबाट २१ जानको हत्या गरेको छ। दुईजनालाई राज्य पक्षले बेपत्ता बनाएको छ।

वडाध्यक्ष चुडामणि नेपाल भन्छन्, ‘जहाँ अग्नि सर नजोडिएको हत्याकाण्डमा जोड्ने अदालतले कुविन्डेमा माओवादीको आरोपमा हत्या गर्नेहरुबारेमा पनि सोच्नु पर्छ,’ उनले भने, ‘इमान्दार नेतालाई आरोप लगाउन सजिलो छ, तर हाम्रो गाउँले जनयुद्धको समर्थन गर्दा राज्यले र्पुयाएको क्षतिको मूल्यांकन गर्न अग्नि सरलाई मुद्दा लगाउनेहरुले सक्छन् ?’

सापकोटाको गाउँबाट सहिद हुनेको नामावली

वडाध्यक्ष भन्छन्, ‘अग्नि सरको गाउँ र मेरो गाउँ एउटै हो, हाम्रो गाउँबाट मात्र २१ जनासहित भएका छन्, दुईजना अझै बेपत्ता छन्।’ अग्नि सापकोटाको परिवारबाट प्रेम सापकोटा, रेवती सापकोटा, सुभद्रा सापकोटा, गणेश सापकोटा, मिना सापकोटा, टोकनाथ सापकोटा र सविता सापकोटा सहिद भएका छन् ।

‘सापकोटा परिवारका सहिदहरु अग्नि सरकारका भतिज, भतिजा, दाजुभाइहरु हुन्,’ उनले भने, ‘गाउँका अन्य पनि धेरै नातेदार हुन्।’ यसैगरी सापकोटाको गाउँबाट सहिद हुनेहरुमा जितबहादुर श्रेष्ठ, रेशमबहादुर श्रेष्ठ, विन्दा शर्मा, वेदप्रसाद शर्मा, कमलप्रसाद शर्मा, गोविन्द बजगाईं, प्रेम नेपाल, कुस्माखर शर्मा, भोजप्रसाद सुवेदी, भिमप्रसाद शर्मा, सेरकु लामा, विमला श्रेष्ठ, नतिजा श्रेष्ठ, सरिता श्रेष्ठ छन्।

यसैगरी माधव नेपाल र सुकुमान तामाङ बेपत्ता रहेको वडा कार्यलयले जनाएको छ। वडाध्यक्ष नेपाल भन्छन्, ‘अग्नि सरलाई आरोप लगाउन सजिलो छ, तर अग्नि सरको परिवार र हाम्रो गाउँले राज्य व्यवस्था परिवर्तन गर्न दिएको बलिदान र योगदानको मूल्यांकन गर्न गाह्रो छ।’ नागरिक खबरबाट

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!