Loading... आजः शनिबार , श्रावण १२, २०८१

उपभोक्ताबाटै निर्मांण गरियो पुल ,चिया गफ लगाएर बिकास नहुने नगर प्रमुखको भनाई


बर्दिया राजापुर
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले घरमै बसेर चिया गफ लगाएर बिकास नहुने बिकासका लागि धेरै दुख गर्नु पर्ने पिडा सहनु पर्ने ,धेरै समस्याहरुको सामना गर्नु पर्ने बताउनु भएको छ ।


विहीवार राजापुर नगरपालिका वडा नं ५को बसन्ता गाउमा उपभोक्ताबाटै  निर्माण गरिएको मल्टी स्पान ट्रस पुलको उद्घाटन गदै नगर प्रमुख शिब प्रसाद चौधरीले पुल निर्माणका लागि समुदाय स्तरबाट धेरै राम्रो काम भएकोमा धन्यवाद दिनु हुदै, यस ठाँउका समुदायले पुल निर्माणका लागि धेरै दुख गरेको प्रतिफल आज दुख गरे अनुसारको आइरहेको बताउनु भयो । नगरप्रमुख चौधरीले अब यसै आर्थिक बर्षमा जोतपुर बाट बदालपुर हुदै बसन्ता गाउ भएर हुलाकी मार्ग जोड्ने बाटो पिच हुने, र अर्को राजापुर बजारको रिनेशबाटको स्तर उन्नती हुने बतानु भयो ।

Insert your Ads code here

राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले रिविन काटी पुलको उद्घाटन गर्नु भएको थियो पुल उद्घाटन कार्यक्रममा नगर उप प्रमुख मन कला कु्मारी चौधरी, वडा नं५का अध्यक्ष राम बहादुर चौधरी वडा सदस्यहरु , पुल निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

पुल निर्माण समितीका सचिब प्रजापती न्यौपानेले ७ बर्ष देखीको प्रयास अहिले सफल भएकोमा नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष तथा सम्पुर्ण नगरपालिका परिवार प्रति धन्यवाद दिदै पुल निर्माणका लागि वडा अध्यक्षबाट गरिएको प्रयास आज सफल भएको बताउनु भयो । २०७७ साल मंसिर ७ गते समुदाय स्तरबाट पुल निर्माणका लागि सम्झैता अनुसार जेष्ठ ३० गते भित्र सम्पन्न गरी सक्नु पर्ने भएता पनि बैशाख ९ गते पुल निर्माण गरि सकेको बताउदै सचिब न्यौपानेले अब पुललाई बचाउन साथै गाउ बस्ती सुरक्षित गर्न तट्बन्ध आवश्यता रहेको बताउनु भयो ।

बरघर लाहुटे थारुले पुल नहुदाँको पिडा वारे बताउँदै विगतमा यूनिक नेपालबाट सहयोग प्राप्त गरी बासको पुल निर्माण गरिएको बताएता कुलाको पानीले बासको पुल बगाई दिएको , पुल नहुदा वारी बसन्ता पारी बसन्ता लगायत यसबाटो भई हिड्डूल गर्ने हरुलाई धेरै द्ुख हुने गरेको थियो अहिले पुल निर्माण पछि धेरै सजिलो भएको बताउनु भयो ।

राजापुर नगरपालिका र सघिय सरकारको सयुक्त लगानीबाट २४ लाख ५५ हजार ५सय ५७ रुपैया र जन श्रमदान १ लाख १४ हजार ९९५ गरी जम्मा रु २५ लाख ७० हजार ५सय ४२ रुपैयामा उपभोक्ता समितिद्धारा पुल निर्माण सम्पन्न गरिएको हो ।
पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष चम्पी थरुनीको सभापत्तिवमा पुल को उद्घाटन गरिएको थियो ।

 

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!