मिन अधिकारी / राजापुर बर्दियाको राजापुरका सामाजिक अभियन्ता सूर्य केसीले आफ्नो जन्मदिनमा २ हजार थान मास्क र साबुन समुदायमा वितरण गरेका छन् ।
राजापुर नगरपालिका वडा नं ४ को शान्तिपुरका २ सयभन्दा बढी घरधुरीलाई १ हजार थान साबुन र २ हजार थान सर्जिकल मास्क वितरण गरेका छन। विश्वभरी बढ्दै गएको कोरोना संक्रमणको जोखिम रहेकोबेला समुदायलाई कोरोनावाट बचन र बचाउन स्थानीयलाई सचेतना फैलाउने उद्देश्यले प्रत्येक घर घरमा पुगी मास्क प्रदान गरिएको हो । सामाजीक अभियन्ता सुर्य केशीले आफनो जन्मदिन विगत देखीनै सामाजीक काम गरेर मनाउने गरेका छन । केसीसँगै शान्तिपुर गाउँका अन्य युवा अभियन्तासमेतले यो अभियानमा अग्रसर भयर सहयोग गरेकाछन् ।
अभियानमा शान्तिपुरका युवाहरु एकजुट भइ कोरोना संक्रमण रोकथाम सम्बन्धी माइकिङ गर्दै पम्पलेटसमेत वितरण गरेका थिए । त्यस्तै स्थानीय दीपेन्द्र खड्का र नारायण चालिसेले कोरोना सचेतना सम्बन्धी १० वटा ब्यानर गाउँका विभिन्न स्थानमा लगाएका छन् । कोरोनाको महामारीको समयमा यस्ता अभियानलाई निरन्तरता दिने नारायण मल्लले वताउनु भएको हो । स्थानीय सरकारले यसरी सचेतना फैलाउने कार्यक्रमको थालनी गरेमा कोरोना संक्रमण बाट समुदायलाई बचाउन सकिने अभियनता केसीले बताउनु भएको छ ।