Loading... आजः शनिबार , श्रावण १२, २०८१

जबर्जस्ती नेपाल पस्नखाेज्ने भारतीयलाई राेक्नखाेज्दा प्रहरीको हात काटियाे


नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो।

परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो। कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए। पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन्। त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए।

आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए। घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो। भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए।

Insert your Ads code here

‘झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयासमा लागे,’ एसपी कर्णजितले भने, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्ने र आक्रमण प्रयास गरे।’

घटनामा संलग्न भारतीय नागरिक रवीन्द्रप्रसाद कुसवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो। नेपाल प्रहरीले रवीन्द्रलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१औं बटालियन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई राति ११ बजे जिम्मा लगाइएको थियो।

यसैबीच सशस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले घटनास्थलको अनुगमन गरेकाेे कान्तिपुरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!