Loading... आजः शनिबार , श्रावण १२, २०८१

जमुनाहास्थित क्वारेन्टाइन कर्णालीका मन्त्रीद्वारा अवलोकन


भारतीय सीमावर्ती बजार जमुनाहास्थित क्यारेन्टाइनको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेस भण्डारीले अवलोकन गर्नुभएको छ। जमुनाहास्थित क्वारेन्टाइनमा रहेका कर्णाली प्रदेश लगायतका नागरीकहरुको व्यवस्थापन र कोरोना भाइरस संक्रमण हुन नदिन आज मन्त्री भण्डारीले सहकार्यकालागी सरोकारवालाहरुसँँग विविध विषयमा छलफल गर्नुभएको छ।

जमुनाहास्थित क्वारेन्टाइन अवलोकन अघि जिल्ला प्रसासन कार्यालय बाँकेमा भएको छलफलमा कोभिड १९ को संक्रमण रोकथामका बारेमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर, नेपाली सेनाका बाहिनीपति, प्र.जि.अ, कर्णाली प्रदेस प्रहरी प्रमुख लगाएत सुरक्षा निकायका प्रमुख, युनिसेफ, रेडक्रस लगाएतका निकायसँग बैठक गर्नुभएको थियो। छलफलपछि जमुनहा स्थित क्वारेन्टाइन र उक्त क्वारेन्टाइनमा रहेका नागरिकहरुको अवस्थाका बारेमा समेत मन्त्री भन्डारीले अवलोकन गरि जानकारी लिनुभएकाे थियो।

क्वारेन्टाइनमा रहेका ब्यक्तिहरूलाई १४दिनपछि घर लिने ब्यवस्था गर्ने र उनीहरूलाई घर फर्केर कोरोना विरूद्धको अभियान्ताका रूपमा सक्रिय हुन अनुरोध गरिएको थियो। मन्त्री भण्डारीले आजै बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको निरिक्षण समेत गरेको बुझिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!