Loading... आजः शनिबार , श्रावण १२, २०८१

जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि भारतीय कर्मचारी


जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ। रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो। तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको हो। तर सबै कर्मचारी करारमा राखिनेछ।

नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो। दुई देशका अधिकारीबीच भएको अनलाइन बैठकमा रेल चालक र प्राविधिक माग गरिएको हो।

‘भारतीय पक्ष पनि छिटो रेल चलाउनुपर्छ भन्नेमा छ, उनीहरूले सहयोग गर्न तयार छौं भनेका छन्,’ उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयसँग पनि कुरा भइसकेको छ।’ यो काम रेलवे कम्पनीमार्फत हुनेछ। सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको छ। अब विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिनेछ। भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना ल्याइनेछ। त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३/३ जना ल्याइनेछ। निषेधाज्ञा खुल्नासाथ विज्ञापन आह्वान गरिने उहाँले जानकारी दिनुभयो, कान्तिपुर अनलाइनले लेखेको छ। माघ तेस्रो साताबाट रेल सञ्चालनमा आउने बताइएको थियो। समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको थियो। अहिले कोरोनाले गर्दा ढिलाइ भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!