Loading... आजः शनिबार , श्रावण १२, २०८१

जर्नालिस्ट्स युनियन अफ् सिक्किमको बैठक सम्पन्न


गान्तोक, 28 अगस्तः जर्नालिस्ट्स युनियन अफ् सिक्किमको एउटा बैठक शुक्रवार युनियनका अध्यक्ष भीम रावतको अध्यक्षतामा गान्तोकमा बस्यो। यसमा युनियनको कार्यकारी समिति र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा महासचिव सुजल प्रधानले केही दिन अघि नेशनल युनियन अफ् जर्नालिस्ट्स इण्डियाले आयोजन गरेको वेबिनारमा भएका निर्णय विषय बैठकलाई जानकारी गराए। यो वेबिनारमा अध्यक्ष भीम रावत र महासचिव सुजल प्रधानले भाग लिएका थिए।
अध्यक्ष भीम रावतले बैठकलाई सम्बोधन गर्दै बैठकको उद्देश्य युनियनलाई दह्रिलो बनाउनका लागि सदस्यता बढाउनु पर्ने आवश्यकता रहेकाले यस बारे सबैले विमर्ष गरेर निर्णय लिनुपर्ने जानकारी गराए। युनियनमा सदस्यता क-कस्लाई दिन सकिन्छ भन्ने बारेमा निर्णय सबै सदस्यहरूको सहमतिबाट लिइनुपर्ने भएकाले यो बैठक आयोजन गर्नु आवश्यक रहेको उनले जानकारी गराए। बैठकमा छलफलपछि नियम अनुरूपमा यसमा सदस्यता लिन चहानेहरूलाई सामेल गर्न सकिने निर्णय लिएको छ।
कोरोनाको महामारीपछि पत्रकारिता क्षेत्रमा भएको प्रभाव तथा सिक्किमका विभिन्न मिडिया हाउसमा कार्यरत पत्रकारहरूले के-कस्ता समस्याको सामना गर्नु पर्योक भन्ने विषयमा राज्यमा सर्वेक्षण सञ्चालन गर्न इन्टरनेशनल युनियन अफ् जर्नालिस्ट्सको निगरानीमा नेशनल युनियन अफ् जर्नालिस्ट्स इण्डियाले सिक्किमको युनियनलाई एउटा प्रोजेक्टमा काम गर्ने जिम्मेवारी सुम्पिएकाले त्यसलाई कसरी सफल बनाउने भन्ने विषयमाथि पनि बैठकमा छलफल भयो। यो प्रोजेक्टमाथि राज्य युनियनलाई दिइएको जिम्मेवारी आगामी अक्टोबर महिनाभित्र पूरा गरिनु पर्ने जानकारी गराइएको छ। राज्यमा यो प्रोजेक्ट सञ्चालन गर्न एक जना समन्वयकको (कोअडिनेटर) आवश्यकता परेको हुँदा बैठकले पत्रकार दिछेन अङ्मु भोटियालाई समन्वयकको जिम्मेवारी सुम्पिएको छ। प्रोजेक्टलाई सफल बनाउन समन्वयक दिछेन अङ्मुले महासचिव सुजल प्रधानसितको समन्वयमा कार्य अघि बढ़ाउने बैठकमा निर्णय भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!