Loading... आजः शनिबार , श्रावण १२, २०८१

जर्नालिस्ट युनियन अफ सिक्किमको नयॉं समिति गठन गरियो


गान्तोक, 16 जनवरी । जर्नालिस्ट युनियन अफ् सिक्किमको आम सभा बिहीवार पाङथाङ गोलिटारमा आयोजना भयो। युनियनका अध्यक्ष भीम राउतको अध्यक्षतामा आयोजित सभामा युनियनको कार्यकारी समितिका सदस्य अनि श्रमजीवि पत्रकारहरूको उपस्थिति रहेको थियो। इण्डियन जर्नालिस्ट युनियनसित आवद्ध सिक्किम जर्नालिस्ट युनियनको सभाको उद्देश्यमाथी युनियनका कोषाध्यक्ष प्रकाश अधिकारीले जानकारी गराए।

सभामा अध्यक्ष भीम राउतले सिक्किम जर्नालिस्ट युनियन श्रमजीवि पत्रकारहरूको हितमा रहेको र युनियनले सरकार तथा राज्यका विभिन्न मिडिया हाउसका मालिक पक्षसित समन्वय राखेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा अवगत गराए। उनले युनियनलाई आर्थिक रूपमा बलियो बनाउन कसरी पहल गर्नुपर्ने भन्ने विषयमा पनि सदस्यहरूलाई जानकारी दिए। अध्यक्ष राउतले सिक्किम जर्नालिस्ट युनियनलाई पञ्जीकरण गराउनु पर्ने र यसका लागि के-के प्रावधान छन्, त्यस विषयमा सम्पूर्ण जानकारी लिएर कार्य अघि बढ़ाउनुपर्ने सुझाव राखे।

आजको सभाले सिक्किम जर्नालिस्ट युनियनको पुरानो समितिलाई विगठन गरेर नयाँ समिति चयन गरेको छ। नयाँ समितिमा भीम राउतलाई सर्वसम्मतिद्वारा अध्यक्षको रूपमा चुनिएको छ। यसरी नै कार्यकारी अध्यक्षमा शेखर खवास, उपाध्यक्षमा अम्बर गुरुङ र होमनाथ दवाड़ी, महासचिवको पदमा सुजल प्रधान, संयुक्त सचिवको पदमा समिर नुगो, कोषाध्यक्ष पदमा प्रकाश अधिकारी, सहायक कोषाध्यक्षमा अर्पण प्रधान, प्रचार सचिवको पदमा कविता शर्मा र दिछेन अङ्मु भोटिया चुनिएका छन्। सभाले विष्णु न्यौपानेलाई कानुन तथा विधी सचिवको पदमा चुनेको छ।

Insert your Ads code here

यसरी नै प्रवीण खालिङ, विशाल गुरुङ, वाङ्छेन लामा, प्रबल राई, सागर छेत्री, विजय गुरुङ, दिपक गुरुङ र जगन दहाललाई कार्यकारी सदस्यका रूपमा चयन गरिएको छ। युनियनको सभाले यसको कार्यलाई क्रमिक रूपमा अघि बड़ाउन सदस्यता अभियान पनि आजदेखि नै शुरु गरेको। इच्छुक श्रमजीवि पत्रकारहरूले युनियनसित सम्पर्क गरेर नियम अनुरुप सदस्यता ग्रहण गर्न सक्नेछन् भने सदस्यहरूले अब उप्रान्त मासिक शुल्क पनि भुक्तान गर्नुपर्नेछ।

यसरी नै आजको सभाले सिक्किममा पत्रकारिता विषयमा चाँड़ैनै एउटा राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्ने प्रस्ताव ग्रहण गरेको छ। युनियनको नवगठित समितिले चाँडै नै पञ्जीकरण प्रक्रिया अघि बड़ाउने निधो गरेको छ। युनियनले भविष्यमा गर्ने सबै कार्यहरू विषयमा कार्यकारी समितिले मात्र निर्णय नलिएर यसता कार्यहरूविषया निर्णय गर्न अघि आम सभा राखेर नै निर्णय लिने प्रस्ताव ग्रहण गऱ्यो।

युनियनको आजको सभामा कार्यकारी समिति र कार्यकारी सदस्यमा चुनिएका पत्रकारहरूसँगै यसका सदस्यहरूमा सन्दिप प्रसाद, दिला छेत्री, शुकराज राई, प्रदिप मिजार, ठाकुर सुवेदी, टायोङ भोटिया, पुनम लकान्द्री, झर्ना न्यौपाने, किरण मुखिया, डिल्लीराम दुलाल र वाङचुक भोटियाको उपस्थिति रहेको थियो। भविष्यका अन्य कार्यक्रम विषयमा निर्णय लिन चाँडै अर्को सभा राखिने आजको सभामा प्रस्ताव पारित गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!