Loading... आजः शनिबार , श्रावण १२, २०८१

जसरी हुन्छ सिक्किमे जनतालाई कोरोनाबाट सुरक्षा राखौं भन्ने मुख्य उद्देश्य होः जेकब खालिङ


गान्तोक, 19 जुलाई। सिक्किममा अहिले बढ्दो कोराना संक्रमणलाई ध्यानमा राखेर जनताले सरकारको साथमा मिलेर कोरोना विरूद्ध कार्यमा सफलतम अनि असल युद्ध लडिरहेको मुख्यमन्त्रीका राजनैतकि सचिव तथा एसकेएमका प्रवक्ता जेकब खालिङले जनतालाई मुख्यमन्त्रीले भने सरह अत्तालिने आग्रह गरेका छन्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, यो अवस्थामा जनता अतालिनु हुँदैन। संयमीत आँटिलो बनेर विश्वले सामना गरिरहेको आपत्तिलाई सिक्किमले पनि सामना गरेर यसबाट बाँच्नु पर्नेछ। उनले धेरै लामो समयसम्म कोरोना मुक्त राज्य बनाइराख्न सक्षम भएको तर बाहिरबाट आउनुपर्नेहरूलाई ल्याएपछि संक्रमण शुरु भएको ह भन्दै सिक्किम सीमावर्ती क्षेत्र भएको कारण राष्ट्रको सुरक्षाको निम्ति खटिएका सेना, सीमामा पूर्वाधार बनाउनेहरूबाट कोरोना अलिकति बढेर गएको बताए। यसैगरि पूर्व सिक्किममा बड्दो कोरोना संक्रमणको कारण र यसबारे सरकारको नीतिबारे पनि बताए। उनले भने, सिक्किममा फर्किआउनेलाई ल्याउनै पर्ने थियो सरकारको दूरदर्शीका कारण सिक्किम भारतको सबैभन्दा कम्ती कोरोना भाइरस लाग्ने राज्य बनेको छ। 266 जनामात्र छ जुन सिक्किम राष्ट्रिय डेटामा सबैभन्दा कम्ती छ। यसैगरि कोरोनाले मृत्यु नहुने चारवटा राज्यमा एउटा सिक्किम बनेको छ। यसैगरि जाँचको कुरा गर्दा जनसंख्याको आधारमा सबैभन्दा धेरै जाँच भएको राज्य सिक्किम हो। सिक्किममाअहिले 15 हजारभन्दा धेरैको जाँच भइरहेको , उनले भने। यसैगरि 6-7 लाख जनसंख्या भएको सिक्किममा 15 हजारभन्दा धेरैको जाँच गरिएको छ जुन भारतमा सबैभन्दा उच्च दर रहेको बताए। उनले टेस्टिङको क्षमता अझै बढाएर लाने कार्यक्रम शुरु गरिरहेको बताए। जनतालाई सरकार जनता मिलेर कोरोना भाइरसको विरूद्धको लडाई भरतमा मात्र होइन विश्वमै सबैभन्दा राम्रो प्रकारले लडिरहेको छौं, उनले दाबी गरे। देशको स्थिति सम्वेदनशील बनेपछि कोरोना संक्रमण बडेको तर हाम्रो लक्ष्य कसैको मृत्यु नहोस, सबैलाई दवाई र पलङ प्राप्त होस भन्ने अनि जनताको दूरदर्शी र मुख्यमन्त्रीले दैनिक रूपमा यसको निगरानी राखेको कारण आहिलेसम्म सफल रहेका छौं भनि बताए। यसैगरि प्रवक्ता खालिङले भने, जनताले अझै सहयोग गरिरहेका छन् बिकट स्थिति आयो भने पनि जनता सरकार मिलेर विकट कुरा सित लड्नुपर्छ। सिक्किम सबै प्रसस्त आत्मनिर्भर राज्य भएको राज्य होइन सबै सीमा सील गर्न सकिँदैन सबै बाहिरबाट ल्याउनुपर्छ। भान्साघरको 90 प्रतिशत बाहिरबाट ल्याउनुपर्छ त्यो सबै रेड जोनबाट सामान ल्यादाँ पनि सिक्किमलाई सुरक्षित राखेका छौं यो ठट्ठा होइन। रम्फूमा वाहन सेनिटाइजेशन गर्ने कार्य गरिरहेको छ सरकारले। सिक्किममात्र यस्तो राज्य हो जहाँ पस्ने र निस्कने सबै वाहनहरूको सेनिटाइजेशन गरिरहेका छौं भनि जानकारी दिए।
उनले भने, सरकारले जसरी हुन्छ सिक्किमे जनतालाई सुरक्षा राखौं भन्ने हो। विश्वको अमेरिका, स्पेन, इटालीले सुरक्षित राख्न नसकेको बेलाहामी सुरक्षित राख्न अघि बढी रहेका छौं। राजनैतकि रोटी सेकेर सरकारलाई कसरी हुन्छ नराम्रो देखाउने र मुख्यमन्त्रीलाई अभद्र शब्द प्रयोग गर्ने बाहेक केही गरेको छैन। विपक्षीहरूले कोरना भाइरस ल्याउने कामना राख्नेहरू अहिले एक सयभन्दा अधिकलाई जाती बनाएर देखाएको छ तर सरकारलाई स्याबासी दिएन भनि गुनासो राखे।
अर्कोतिर राज्यको विपक्षी दल एसडीएफका प्रवक्ता एमके सुब्बाको खोइरो उतार्न पनि पछि परेनन् प्रवक्ता खालिङ। उनले भने, विपक्षी दल एसडीएफ पार्टीले 25 वर्षमा सक्षम युवा जन्माउन नसकेको कुनै युवा शक्ति अघि आउन सकेन। 25 वर्ष युवाहरूलाई दोहन शोषण गरेको कारण युवाहरूको अकालमा युवाहरू निकाल्न सकेन। एसडीएफको घट्दो जनाधारदेखि कसैले पत्रकार सम्मेलन गर्न नसकेको अनि अध्यक्ष स्वयं पनि अघि आउन परेको थियो। यसैगरी कोही नहुँदा एसडीएफको प्रवक्ता एमके सुब्बा नै बोल्नुपर्ने अवस्था आइपरेको बताए। उनले बोल्दा एसडीएफ दुःखी भएको अनि एसकेएम खुसी भएको बताए। उनले प्रवक्ता एमके सुब्बा कालो बिरालो जस्तै भएको कारण उनको छाया परेको सबै पार्टी हार्ने गरेको दाबी गरे भने परियोजनाहरू पुरा नगरि भ्रष्ट्चार गरेको आरोप पनि लगाए। एमके सुब्बाले एसडीएफको गुण गाउने फाइदा लिएको आरोप पनि लगाए।
अर्कोतिर एसडीएफ प्रवक्ता सुब्बाले एसटीएनएम अस्पतालमा 2 सयवटा भेन्टिलेटर रहेको दाबीलाई चुनौती दिँदै भने, एमके सुब्बाले 2 सयवटा भेन्टिलेटर कहाँ बनायो हामीले सरकारमा आउँदा 56 वटा भेन्टिलेटर मात्र रहेको थियो अहिले बढेर 67 वटा बनाएको छौं। उनले एमके सुब्बाले कहाँबाट दिँदैछ त्यसको कागजपत्र लिएर आउने चुनौती पनि दिएका छन्। एसकेएम सरकामा गरीबले पनि यथार्थमा उपचार पाओस भन्ने चहाना राखेको तर विपक्षी दलले जस्तो खोक्रो कुरा गरेर केही नहुने पुनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!