Loading... आजः शनिबार , श्रावण १२, २०८१

जिल्ला प्रशासनले लकडाउन पालन नगर्ने भोडाफोन स्टोर र एउटा चश्मा पसल गऱ्यो बन्द


गान्तोक, 20 अप्रेल। लकडाउनको गाइडलाइन्सलाई तोडेर दोकान खोल्ने राजधानी गान्तोकका दुईवटा दोकान सील गरिएको छ। पूर्व जिल्लाका जिल्लापाल राज यादवले आज पूर्व जिल्लाका एसपी हरी छेत्रीसँगको एक टोलीले एमजी मार्ग परिसरको अचानक भ्रमण गरी लकडाउनमा खोलिएका दुईवटा दोकान सील गरेका हुन्। जिल्लापाल यादवले भ्रमण अवधिमा राजधानी गान्तोकको टाइटनिक मुनी रहेको एउटा चश्मा दोकान अनि एमजी मार्गको नयाँ बजारमा रहेको भोडाफोन स्टोर सील गरेका हुन्। लकडाउनमा सरकारले जारी गरेको नियमको उल्लङ्घन गर्दै दोकानहरू खोलेका थिए। टाइटनिकको चश्मा दोकान भने आजमात्र खोलिएको जानकारी गराइएको छ भने भोडाफोन स्टोर भने पहिलेदेखि नै खुल्ला रहेको थियो। जिल्लापाल यादवको भ्रमण अवधीमा लालबजारको ठाडो बाटोमा रहेको एउटा टेलरको दोकान पनि खुल्ला थियो। उनीहरू काम गरिरहेको अवस्थामा फेला पारेपनि उनीहरूले आफूहरू त्यहीँ बस्ने भएको कारण त्यो दोकान भने सील गरिएन।


जिल्लापालले ब्याङ्क, दोकान आदिको निरिक्षण गर्दै त्यहाँ कार्यरत मानिसहरूलाई माक्स लगाउने अनि सामाजिक दूरीको पालन गर्ने अपील गरे। उनले मानिसहरूलाई लकडाउनको समयमा फेस माक्सको आवश्यकता अनि जताततै थुक्न नहुने आदि निर्देश दिएका छन् भने राज्यका पुलिसले पनि मानिसहरूलाई यी विषयहरूमा जागरुक गराउँदै हिँडेका छन्।
जिल्लापाल यादवले भनेका छन्, जतिपनि दवाई अनि खाद्य पदार्थका दोकानहरू खुल्ला थिए। अहिले सरकारले रक्सी दोकान खुल्ला राख्ने निर्णय लियो अनि ब्याङ्क आदि खुल्ला भएपछि मानिसहरूको भीड बड्न थालेको हो। यसमा पुलिसलाई पनि कडा निर्देश दिइएको छ की मानिसहरूलाई खुल्लारूपमा हिँड्दा उनीहरूलाई किन र कहाँ जाँदैछ भन्ने सोध्नुपर्ने छ। सरकारले अहिलेसम्म लिएका निर्णय सिक्किमका जनताको निम्ति होस अनि सिक्किममा अहिलेसम्म कोविड-19 को एउटा पनि केस छैन त्यो कायम रहनु पर्छ। उनले 50-60 वटा ट्रकहरूले ल्याउने सामाग्रीहरू आउने भएको कारण साना वाहनहरूलाई राज्य बाहिर लान नियन्त्रण गरिएको बताएका छन्। उनले बाहिरबाट वाहन लिएर आउने चालकहरूलाई राख्नको निम्ति ट्राञ्जेट क्याम्पमा राखिने गरेको र पूर्व जिल्लाको निम्ति 6 वटा क्याम्प बनाइएको जानकारी दिए। जिल्लापालले आरोग्य सेतु अहिले 60 हजार मानिसले इन्स्टल गरिसकेको जानकारी दिएका छन्। आरोग्य सेतुको माध्यमले मानिसहरूलाई ट्रेक गर्न सजिलो पर्ने र यो मानिसलाई स्वास्थ्यमा राम्रो सुविधा घरमै पुऱ्याउन सक्ने माध्मय बनिएको जानकारी दिए। राज्य सरकारले रेपिट टेस्टगराउन किट मगाएको अनि राज्य बाहिरबाट आउनेहरूलाई यसको माध्यमले टेस्ट गराइनेछ। उनले सरकारले निकालेको नोटिफिकेसन राम्रोसँग पढेर त्यसलाई पालन गर्नुपर्ने बताए। उनले कन्स्ट्रकस्नको निम्ति हार्डवेयरहरू खोल्ने जानकारी दिँदै साइड साइडमा सामाग्री पुऱ्याउनको निम्ति वाहनहरूलाई पर्मिसन दिइसकेको पनि जानकारी दिए।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!