Loading... आजः शनिबार , श्रावण १२, २०८१

आम नागरिकहरुमा सनिवार सम्म सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुरोध


बर्दिया जेष्ठ १५

                 जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सुचना मार्फत उच्च सतर्कता अपनाउन आम नागरिकहरुमा अनुरोध गरेको छ ।


जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहीवार सुचना मार्फत नेपाल सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको जारी मिति २०७८/०२/१३ गतेदेखि १५ गते शनिवारसम्म ३ (तीन) दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशमा बंगालको खाडीमा रहेको यास  नाम गरिएको चक्रपातको आंशिक प्रभाव बर्दिया जिल्लामा समेत परी मेघगर्जन/चट्याङ्ग सहितको हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकोले आउँदा केही दिन आवश्यक सतर्कता अपनाउनुहुन आम नागरिक एवम् विपद् व्यवस्थापनमा खटिने सबैलाई उच्च सतर्क अवस्थामा रहनका लागि सूचित गरिएको जनाईएको छ ।

Insert your Ads code here

आज रातीबाट देश भरका अधिकाश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीवार राती बर्दियामा पानी परेको छ भने आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च वेगको हावाहुरीसहित भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!