Loading... आजः शुक्रबार , असार ६, २०८२

जिल्ला मै कम बेरुजु राजापुर नगरपालिका बेरुजुको हकमा सुधार हुदै गइरहेको छ नगर प्रमुख थारु


बर्दिया राजापुर
बर्दिया जिल्लाको ८ वटा पालिका मध्ये सबै भन्दा कम बेरुजु राजापुर नगरपालिका र सबै भन्दा बढी मधुवन नगरपालिका देखिएको छ ।
महालेखाको ६२ औं प्रतिवेदन अनुसार बेरुजुको हकमा ७५३ पालिका मध्ये राजापुर नगरपालिका २८औ स्थानमा र लुम्बिनी प्रदेश भरि राजापुर नगरपालिका ५ औं स्थानमा साथै बर्दिया जिल्लामा राजापुर नगरपालिका प्रथम स्थानमा आउन सफल भएको छ ।


राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले बेरुजुको हकमा सुधार हुदै गइरहेको बताउनु भएको छ ।
बिगतका केही बर्ष अगाडी बेरुजु बढी देखीएको भएता पनि क्रमिकरुपमा सुधार हुदै गइरहेको कसरी बेरुजु कम गर्न सकिन्छ त्यसका लागि आफुले कर्मचारीहरुलाई निर्देशन दिएको नगर प्रमुख थारुले बताउनु भयो । उहाँले राजापुर नगरपालिकालाई आर्थिक सुशासनको पक्षमा सुधार गर्दै अगाडी बढ्ने प्रयास भइरहको सबैले साथ दिए आगामी दिनमा अझ राम्रो हुने बताउनु भयो ।


बर्दिया जिल्लाको मधुवन नगरपालिकामा २.६० प्रतिशत, गेरुवा गाउँपालिकामा १.८७ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा १.३७ प्रतिशत, गुलरिया नगरपालिकामा १.१८ प्रतिशत, बारबर्दिया नगरपालिकामा०.९९ प्रतिशत, बढैयातालगाउँपालिकामा ०.५२ प्रतिशत,बाँसगढी नगरपालिकामा ०.५० प्रतिशत र राजापुर नगरपालिकामा ०.३१ प्रतिशत बेरुजु रकम देखिएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!