Loading... आजः शनिबार , श्रावण १२, २०८१

जीएमसीको तत्परतामा लालबजारको व्यापक सफाई


गान्तोक, 2 अप्रेल। गान्तोक नगर निगम र लालबजारका पसलेहरूको संयुक्त प्रयासमा आज लालबजारको विस्तृत साफसफाई अभियान सञ्चालन गरियो। गान्तोक क्षेत्रका विधायक वाईटी लेप्चा, गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी र बजार अफिसर योगेन स्याङ्देनको उपस्थितिमा सफाई अभियान सञ्चालन गरिएको थियो। पसले हरूको पक्षबाट हकर्स एसोसिएनका उपाध्यक्ष साङ्गे शेर्पाले उपस्थिति दिएका थिए। एकातिर कोरोना भाइरसको अतिक्रमणले थर्कमान बनेको समाजमा सरसफाईको सचेतना फैलाउन यो अभियानले विशेष भूमिका निर्वाहन गराउने उद्देश्य राखिएको बताइएको छ। सफाईको क्रममा लालबजारको प्रत्येक दोकाने संगसँगै दमकल विभागले पनि सहयोग गरेका थिए। सफाई अभियानसितै लालबजार परिसरको विशेष निरिक्षण पनि विधायक र अधिकारीहरूले गरेका थिए। सफाई अभियानपछि पत्रकारहरूसित कुराकानी गर्दै विभायक लेप्चाले सम्बन्धित निकायको पहल अत्यन्तै सराहनीय रहेको बताएका छन्। उनले आफू बाँचेर अरुलाई पनि बचाउने काममा सबै लागिपर्नुपर्ने बताएका छन्। उनले स्वच्छतालाई उच्च प्राथमिकताको साथमा ध्यान दिएर साफसफाई राखेर अहिले घरी देखापरेको कोरोनाको प्रकोपबाट आफू बाँच्दै समार र विश्वलाई बचाउनुपर्ने आह्वान गरेका छन्। उनले अहिलेको अवस्थामा विभिन्न आवश्यक सेवाहरूको निम्ति निःस्वार्थरूपमा खटिरहेका सरकारी कर्मचारी र स्वयंसेवीहरूलाई गान्तोक वासीको पक्षबाट एक चौकिदारको हैसियतले आभार प्रकट गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!