Loading... आजः शनिबार , श्रावण १२, २०८१

जीटीएको चौकीमा बसेर 13 जना सहिदको रगतसित खेलवाड गरेर खुन बेच्ने काम गऱ्यो अहिले जनताको खुन चुस्दैछः विमल गुरुङ


दार्जीलिङ, 30 अप्रेल। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष विमल गुरुङले अज्ञात ठाउँबाट एउटा भिडियो सन्देश जारी गर्दै भने जबरजस्ती शिक्षकहरूलाई बोल्न लगाइँदैछ तर शिक्षकहरूलाई अहिले पैसा उठाएर नियुक्ति दिइँदैछ अनि विमल गुरुङको विरोध गरेन भने केही नपाउने बनाएर पाहाडमा पुलिसको बलमा आतङ्क चलाइरहेको बताएका छन्। उनले जीटीए चेयरमेन अनित थापालाई कडा चुनौति दिएका छन्। उऩले भनेका छन् जीटीए रिफिल फण्ड होइन चौकिदार रिलिफ फण्ड हो। चौकिदारले चौकिदार फण्ड माग्दैछ जुन आफ्नो गोजी भर्नुलाई हो। हामीलाई थाहा छ उनीहरूको व्यावहारबारे। जबरजस्ती बोल्नु लगाउँछ जुलुसमा हिँड्न लगाउँछ र नारा लगाउन लगाउँछ। पुलिसलाई अघि लगाएर गर्छ। पहाडको स्थिति भयानक छ मान्छे बाँच्नुको निम्ति यस्तो गर्नुपर्ने स्थिति छ, उनले शिक्षकहरूले आफ्नो बयानको प्रतिक्रिया दिन बाध्य हुनुपरेको बारेमा बताएका छन्। यसैगरि उनले जीटीएको कार्य गराईमाथि प्रश्न चिन्ह तेर्साउँदै भनेका छन्, जिटिएको आफ्नै कोष होला चौकिदार भएर बसेपछि कोरोना भाइरसको निम्ति कति कोष छुट्याएको छ जानकारी दिनुपर्छ। अहिलेसम्म विमल गुरङलाई लिएर राजनीति गरिरहेको छौं, विमलगुरुङको विरोध गरेन भने तिम्रो छोराछोरीले खान पाउँदै। विमल गुरुङ अहिले तिम्रो निम्ति आयश्रोत हो। शिक्षकहरूले जुन नोकरी त्यो विमल गुरुङको देन हो विमल गुरुङलाई नराम्रो नभनेको भए हुनेथिएन। विमल गुरुङलाई समर्थन गऱ्यो भने केही पाउँदैन जीटीएको चेयरमेनलाई मुर्दावाद भन्नुहोस केही पाउनु हुन्न तर मलाई गाली गर्दा काम पाउनु हुन्छ विरोध गर्नुहोस तपाईहरूले पाउनु हुन्छ किन भने म आयश्रोत रूट हो ,राम्रो भन्दा पनि नराम्रो भन्दा पनि पाउनुहुन्छ उनले थपेका छन्। अध्यक्ष गुरुङले अझ भनेका छन्, हामी शासनमा बस्दा 2002 को रोकिएको 630 जनालाई प्राथमिक पाठशालाको शिक्षक नियुक्ति गरेका थियौं कसैलाई पैसा उठाएनौं 445 जनाभन्दा धेरैले हाइस्कूलमा नियुक्ति गऱ्यौं कसैलाई केही मागेनौं उनीहरूको क्षमता अनुसार दियौं । तर अहिले काम पाउन अघि नै लाखौं लाख रूपियाँ मागेको छ।
अर्कोतिर पाहाडमा स्वास्थ्य विभागमा केही सुविधा नभएक बताएका छन् । उनले अहिले गोर्खा किचन चलाउन पनि पैसा उठाएको दाबी गरेका छन्। उनले भनेका छन्, गोर्खा किचन बनायौं खाना खुवाउँदै छौं भन्दैछ तर शिक्षकबाट उठाएको पैसाले खाना खुवाउने तर सरकारले के गर्दैछौ जवाफ देऊ न।
अर्कोतिर 2017 को आन्दोलनमा विस्तापित भएकाहरूलाई जीटीएको चौकीमा बस्नेहरूले गरेको ज्यादतीबारे बोल्दै भनेका छन्, आज विस्थापित परिवारले आफ्नो आफन्तको मृत्यु हुँदा अर्काको आँगनमा केश खौरिएर अन्त्येष्टि गर्नु परेको पीडा छ। 13 जना सहिदको रगतसित खेलवाड गरेर खुन बेच्ने काम गऱ्यो अहिले पनि जनताको खुन चुस्ने काम गर्दैछ। पाहाडको छोराछोरीको भविष्य खत्तम पारेको छ जुन तिमीहरूको छोराछोरीको पनि भविष्य हो। जुन प्रकारले आज भविष्य खत्तम बनाउँदैछौं त्यसले भोलि तिम्रो छोराछोरी पनि खत्तम हुन्छ। 13 जाना सहीदको आशुले पिराउँछ तिमीहरू अहिले अजम्बरी छौं भन्दैछौं तर पुलिस प्रशासन लगाएर साथमा घर घरमा पुलिस पठाएर सताउँदैछौं तर पुलिस आज तिम्रो साथमा छ भोलि हाम्रो साथमा हुन्छ त्यो समय पक्का आउँछ उनले ठोकुवा गरेका छन्। यसैगरि भनेका छन्, आज हामीलाई खेद्दै छ भोलि तिमीलाई खेद्छ त्यो समय आउँछ त्यसको लागि पैसा थुपारेको होला राख तर जनताको पैसा उठाएर होइन जनताको निम्ति खर्च गरेको हुनुपर्छ। अहिलेसम्म 1 करोड 72 लाख उठ्यो भन्दैछौं तर जीटीएबाट त्यो भन्दा धेरै जनताको निम्ति खर्च गर्नुपर्छ। कमान , सिन्कोना बगान र बस्तीको दाजुभाइहरूको निम्ति खर्च भएको हुनुपर्छ। तर अहिले पनि जीटीएको चौकीमा बसेर पैसा माग्ने काम गरिरहेको छ उनले गम्भीर आरोप लगाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!