Loading... आजः शनिबार , श्रावण १२, २०८१

जुनियर शब्द हटाएकोमा कर्मचारीहरू मुख्यमन्त्रीप्रति आभारी


गान्तोक, 7 फरवरी। अखिल सिक्किम सरकारी ग्रूप सी अनि डी 15, 10 अनि 5 वर्षका स्थायी कर्मचारी कल्याण समितिले मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्णय प्रति खुशी व्यक्त गरेको छ। आज राजधानी गान्तोकस्थित प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकार सम्मेलनको आयोजन गरी कल्याण समितिकी अध्यक्ष पेमा डोमा भोटियाले पूर्व सरकारले सरकारी नोकरीमा 5 वर्षदेखि उँभो सेवा पुऱ्याउँदै आएका कर्मचारीहरूलाई स्थायी गरेपनि उनीहरूलाई जुनियरको पद दिएर राखेको अनि वर्तमान सरकारले जुनियर पद हटाउँदा आफूहरूले न्याय पाएको बताएकी छन्। पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष डीबी रसायली, समितिको उत्तर जिल्लाका अध्यक्ष केपी नेपाल अनि उत्तर जिल्ला समितिका उपाध्यक्ष भाइचुङ लेप्चा उपस्थित थिए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पेमा डोमा भोटियाले आफूहरूले वर्ष 2008-देखि नै यस समितिको सञ्चालन गर्दै आएको बताइन्। राज्यका एमआर अनि वर्कचार्जमा काम गर्दै आएका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग गर्दै आएको यस सङ्गठनको फोर्सले वर्ष 2014-मा पूर्व सरकारले स्थायी गरेको थियो। आफूहरू स्थायी नोकरी भएपनि जुनियर पोस्टमा रहेको उनले जानकारी दिइन्। उनले वर्ष 2014-मा एसडीएफ पार्टीको सरकार पुनर्गठन भएपछि आफूहरूले 6 महिनासम्म तनाखा बिनै नोकरी गरेको अनि त्यस समयकी सिक्किम सरकारकी मुख्य सचिव आर अङ्मूलाई पनि आफ्नो समस्याहरू पोखेको सुनवाई नगरेको बताइन्। उनले पूर्व सरकारको विरुद्ध मुख्यमन्त्रीको सरकारी आवास घेराउ गरेको बताउँदै त्यस समयमा आफू सरकारी कर्मचारी भएरपनि विपक्षीको भनाइ पाएको बताइन्। पूर्व सरकारमा आफूहरूले अधिकार माग्दा भिक्टिमाइज गरेको र पछि गएर सरकारले आफ्नो एसोसिएसन पनि उडाइदिएको बताइन्। सरकारद्वारा दुईवटा शनिबारको छुट्टी काटिएको कुरामा उनले यो सरकारको सही निर्णय भएको र धेरै जसो सरकारी कर्मचारीहरूले पनि सरकारको फैसलाको गलत उपयोग गरेको पनि जानकारी दिइन्। उनले शिविल विभागमा धेरै जसो समय वर्वाद गरेको र छुट्टीको एडवाण्टेज लिएको पनि बताइन्। उनले कतिपयः कर्मचारीहरूको सोझो रुपमा काम गरेपनि कतिपः कर्मचारीहरूले यसमा काम नगरेको बताइन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!