Loading... आजः शनिबार , श्रावण १२, २०८१

जुन उद्देश्यले स्थापित गरिएकोहो त्यस कार्यमा लाग्न जरुरी रहेको प्रमुख अतिथी शर्मा


बर्दिया राजापुर,

भौरा टप्पामा ११ वटा साना किसान सहकारी स्थापित गर्ने व्यक्ती भएकोले जुन उद्देश्यले स्थापित गरिएको हो त्यस कार्यमा  लाग्न जरुरी रहेको कार्यक्रमका प्रमुख अतिथी नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले बताउनु भएको छ ।
दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडराजापुर ४कोे १२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथीले सो कुरा बताउनु भएको हो  ।


प्रमुख अतिथि शर्माले सहकारीले सञ्चालन गर्न लागेको चिउरा भुजा उद्योगका लागि २ करोड सहयोग गर्ने प्रतिवद्धता जनाउनु हुदै धेरै दुखकष्ट गरी स्थापित भएको सहकारीको अवस्था सुधार गरी लैजानु पर्ने बताउनु भयो ।

Insert your Ads code here


उहाँले राजापुर क्षेत्रका दिदी बहिनीहरु लगनशिल भएर सहकारीमा आबद्ध रहे बुढेसकालको सहारा हुने र जीवनस्तर उकास्न सकिने बताउनु भयो । कानुनी हिसाबले मिल्ने भए राजापुर नगरपालिकाले शेयर लगानी गर्दै अपनत्व लिएर सहकारी संस्थासँग मिलेर काम गर्न आग्रह गर्नु भएको थियो ।


वार्षिक साधारण सभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल वडा नं. ८ का वडाध्यक्ष राजेश थारुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढे आफुहरु सकारात्मक सहयोग गर्न तयार रहेको वताउनु भएको थियो ।


सहकारीले आफ्ना शेयर धनी र सदस्यहरुको आर्थिक जीवन स्तर केकति परिवर्तन गर्न सकिएको छ भन्ने कुरालाई विशेष रुपले मूल्याङेकन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको अध्यक्ष तथा सभाध्यक्ष सीता अर्यालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा शेयर सदस्य संख्या १४११, समूह संख्या २७८, कुल पुजी १० करोड ७ लाख ९५ हजार, कुल निक्षेप बचत ५ करोड १३ लताख ४४ हजार र लगानी रकम ११ करोड १४ लाख ९४ हजार रहेको छ ।

१२ औ साधारण सभामा सहभागि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष निता थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रबन्धक मिना चौधरीले गर्नु भएको थियो ।

 

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!