Loading... आजः शनिबार , श्रावण १२, २०८१

जुम्लामा व्यवसाय प्रर्बद्धनमा ४० करोड बैंकिङ लगानी


राष्ट्रिय बाणिज्य बैंक जुम्लाको ३/४ वर्षयताको तथ्यांक अनुसार जुम्लाको व्यापारीक क्षेत्रको सफलताका लागि करिब ४० करोड ५६ लाख कर्जा लगानी गरेको पाइएको छ। बैंकले दिने विपन्न कर्जा,राष्टसेवक कर्जा, शिक्षक कर्जा, व्यवसायीक कर्जा, सौलियत सहितको कृषि कर्जा, घर कर्जा, शैक्षिक कर्जा लगायत एक दर्जन कर्जाका प्रकार मध्य लगानी गरिएको ४० करोड ५६ लाख मध्य ७० प्रतिशत बजेट व्यवसायीक कर्जा मात्रै लगानी भएको छ। यसले पनि जुम्लामा व्यापार व्यवसायका लागि ऋण लिनेहरु बढी रहेको कारोबार अनलाइनले लेखेको छ।

बाँकी ३० प्रतिशत लगानी अन्य क्षेत्रमा लगानी गरिएको राष्ट्यि बाणिज्य बैंकका बरिष्ठ सहायक हेमन्तराज न्यौपानले जानकारी दिनुभयो। व्यवसायीक कर्जामा व्यापारी तथा किसानहरुको आर्कषण भएकाले यसमा लगानी बढ्न सक्ने छ। जुम्लाका साना ठुला व्यापारी गरी जम्मा ऋणीहरु ५ सय २५ जना रहेका छन्। ५ सय २५जना ऋण मध्य ७० प्रतिशतलेनै व्यवसायीक कर्जा लिएका छन्। भने ३० प्रतिशतले अरु कर्जा लिएका हुन्। जसले नियमित व्यापार व्यवसाय समेत गरिहेका छन्। न्यौपानले भन्नुभयो, निर्माण क्षेत्रमा लगानी भईरहेको छ, तर केहि ठुला व्यापारी बैंकको सम्पर्क आउन थालेका छन्।

व्यवसायका लागि बैंकबाट १ लाख देखि ८ करोड सम्मको ऋण लगानी गरिएको छ। साथै सहुलियत कृषि कर्जा अन्तरर्गत ८० लाख ऋण लिएर व्यवसायीक कृषि गरेको हिरा धननजय कृषि फार्म पनि नमुना रुपमा संचालन भईरहेको बैंकले जनाएको छ। राब बैंकले करिब १९ हजार ६ सय १२ जना नागरिकलाई बैंकिङ पहुँच ल्याउन सफल भएको छ।

Insert your Ads code here

अन्य बैंक भन्दा राबबाट व्यवसायिक कर्जा लिएर लक्ष्यमा पुगेका व्यापारीहरुले बैंक नाफा मुखी मात्र नभई सेवामुखी हुनुपर्नेमा जोड दिएका छन्। अहिले पनि केहि गर्न चाहने व्यक्तिलाई बैंकले सजिलै ऋण पत्ताउने अबस्था छैन्।

निजी बैंकहरुले सेवा भन्दा मुनाफा कमाउने तिर बढी केन्द्रित भएको देखिन्छ। व्यापार व्यवसायको लागि ऋण लिनेको संख्या बढ्दै गएकाले जुम्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीक कर्जालाई प्रथामिकता दिन आबश्यक रहेको व्यापारी मिन प्रसाद पौडेलको माग छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!