Loading... आजः शनिबार , श्रावण १२, २०८१

जेल पनि सहुँला, नेल पनि सहुँला…’ सार्वजनिक


मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला…’ सार्वजनिक भएको छ। रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरी/अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ। भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ।

शब्द/सङ्गीत र स्वरको सुन्दर समिश्रण रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ।

‘यहाँहरु माझ फेरि एउटा नयाँ काशेली जेल पनि सहुँला लिएर आएको छु, तपाईंहरुको साथ र मायाको अपेक्षा गर्दछु’, राजवंशीले भने। यस्तै सङ्गीतकार हरि लम्सालले भने- ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!