कैलालीको भजनीमा ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ३६ जना जेष्ठ नागरिक सम्मान गरि मनाइएको छ ।
यस बर्षको अन्तराष्ट्रिय नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ साथमा उक्त कार्यक्रम आयोजना भभनी नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा ३६ जना जेष्ठ नागरिक सम्मान रुवरुप १थानका दरले ब्ल्याङकेट र १ वटाका दरले टर्च प्रदान गरिएको थियो ।
भजनी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिहको अध्यतामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक सेतु विक ,विशिष्ट अतिथि वडा नं १का वडा अध्यक्ष रविन थापा, वडा नं ५का वडा अध्यक्ष केशव बुढा, गोकर्ण बहादुर विक, अन्यअतिथिहरुमा कार्यपालिका सदस्य चन्दकला विक , सुन्दरी चौधरी,भुन्टे राजि, जेष्ठ नागरिक र भजनी नगरपालिका कर्मचारी चिरन्जीवी उपाध्याय रहेका थिए ।