Loading... आजः मंगलबार , भाद्र २५, २०८१

जेष्ठ नागरिक मिलन केन्द्रको उदघाटन


कैलाली भजनी २ असोज २०७८

खेमराज पाण्डेय ”

डल्फिन, जैविक, कला संस्कृतिको संरक्षणमा अग्रजहरूको छ योगदान सबै मिली गरौं जेष्ठ नागरिकहरुको हेरचाह र सम्मान” भने मूल नाराका साथमा जेष्ठ नागरिक मिलन तथा दिवासेवा हेरचाह केन्द्रको उदघाटन गरीएको छ ।

Insert your Ads code here

भजनी ८ सोनाहाफाटा उक्त केन्द्रको उदघाटन गरीएको हो। जेष्ठ नागरिकको सम्मान स्वरुप उक्त दिवसेबा स्थापन गरिएको हो ।उक्त केन्द्रमा हरेक शनिबार जेष्ठ नागरिक मिलन केन्द्रमा टीकापुर र भजनी क्षेत्रका जेष्ठ नागरिक मिलन गराउने उ्देश्यले केन्द्रको स्थापना गरिएको हो। डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा भएको कार्यक्रम सहयोगी सस्था त्रिवेणी जेष्ठ नागरिक मिलन केन्द्र भजनी८ र त्रिवेणीधाम धार्मीक तथा पर्यटकीय क्षेत्र विकास समिति भजनी८ रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमूख अतिथिले जेष्ठ नागरिक स्थानीय निकायको समेत सहयाेग रहने बताएका छन्। वडाले हरेक वर्ष जेष्ठ नागरिक लाई सम्मन तथा न्यानो कपडा, फलफुल वितरण गर्दै आएको छ। साथै नव गठित जेष्ठ नागरिक मिलन तथा दिवसेवा हेरचाह केन्द्रमा १३सदस्य गठन भएको छ।जसमा अध्यक्ष खडक बहादुर रावल, उपाध्यक्ष विष राम डगौरा,सचिव देविराम न्यौपाने,कोषाध्यक्ष कृष्ण प्रसाद ढुंगाना, सदस्य मोतिराम काफ्ले,धनिराम रेग्मी,भोजलाल चौधरी,राम मिलन चौधरी, नबले कमी,मोती राम भण्डारी,झुमा देवी चौलागाई,देवी चौधरी, रति ढकाल रहेका छन्।उक्त कार्यक्रमका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिका भजनी ८का वडा सदस्य कृष्ण लाल धमाला रहेका थिए।उक्त कार्यक्रममा भजनी टिकापुरका जेष्ठ नागरिक ,भल्मन्सा,समाजसेवि, आमा समुह, शिक्षशिक्षिका लगाएतको उपस्थित रहेको थियो।कार्यक्रमको स्वागत DABC नेपालका सचिव नरेन्द्र रेग्मीले गरेको कार्यक्रमका सञ्चालक DABC नेपालका महासचिव जय प्रसाद ढुंगानाले गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!