Loading... आजः आइतबार , बैशाख १४, २०८२

जोखीममा राजापुरको सत्तीघाट पुल र टिहुनी क्षेत्र (भिडियो सहित)Sattighat Bridge and Tihuni area of ​​Rajapur at risk (with video)


 

बर्दिया राजापुर

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल जोखीममा हुने गरेको समाचार भने नौलो होइन होला, पुल निर्माण भए देखीनै जोखीममा परेको सत्तीघाट पुल सोमबार परेको अबिरल बर्षादले झन जोखीममा परेको छ ।
कर्णाली नदीको पश्चिम भगालोको सत्तीघाट लगायत कर्णाली नदीको टटीय क्षेत्र राजापुर नगरपालिका वडा नं १को टिहुनी क्षेत्रमा बर्षादका कारण नदी कटानी हुदा जोखीममा परेको छ ।

Insert your Ads code here

कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापनका लागि कर्णाली नदी व्यवस्थापन कार्यालय राजापुरमा स्थापित भएको भएता पनि समयमा नदी तत्बन्धको ठेक्का नहुँदा जोखीममा पर्ने गरेको स्थानियवासीहरु बताउँदछन् ।

गत बर्ष राजापुर नगरपालिका वडा नं. ३ को तिघ्रा लगायत टिहुनी क्षेत्रमा नदी कटान भएको थियो । राजापुर नगरपालिका वडा ३को तिघ्रामा पनि तत्बन्ध कार्य लगभग सम्पन्न भएको छ भने टिहुनीमा भने काम सम्पन्न हुन सकेको छैन, गतसाल नदी कटानी गरेको क्षेत्रमा यस बर्ष काम भइरहेको भएता पनि सोमबार परेको अबिरल बर्षाले झन जोखीममा परेको देखिन्छ । सो क्षेत्रबाट नदी पसेको खण्डमा राजापुर क्षेत्रको अधिकांश क्षेत्र ढुवानमा पर्ने देखिन्छ ।

सोमबार राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी, राजापुर नगरपालिका वडा न. १का अध्यक्ष खुसीराम चौधरी,ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्त, ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मिन बहादुर घले सशस्त्र प्रहरी बल राजापुरका प्रमुख स.प्र.नी खेम बोगटी लगायतकाले टिहुनी र सत्तीघाट पुलको निरिक्षण गर्नु भएको थियो ।

पुल निरिक्षण पछि कुरा गदै राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले बर्षाद सुरु भएपछि जोखीम बढ्ने भएको बताउँदै विगतका बर्ष देखीनै सत्ती घाट पुल को पुर्व तर्फ १ स्पान थप्नका लागि पहल गरिएको भएपनि सरोकारवालाहरुले ध्यान नदिएको बताउनु भयो ।

नगर प्रमुख चौधरीले यस बर्ष पुल मर्मत हुन नसके भत्कीन सक्ने भएको बताउँदै पुल भत्केको खण्डमा धेरै बस्तीहरु प्रभावित हुने भएको बताए । वहाँले जोखीम क्षेत्रमा तत्बन्ध गराउन र पुलको जोृखीम कम गर्न आफुले सम्बन्धीत निकायहरुमा पहल गरिरहेको बताए ।

तत्बन्ध कार्यका लागि ठेक्का ढिलो भएकोले समयमै काम सम्पन्न हुन बाँकी रहेकोले झन जोखीममा परेको राजापुर नगरपालिका वडा नं १का अध्यक्ष खुसीराम चौधरीले बताउँँदै नदी पसेको खण्डमा टिहुनी, सोनपुर मुग्हवा, लगायत राजापुर क्षेत्रको अधिकांश भाग ढुवानमा पर्ने बताउनु भयो । विगत बर्ष देखी नै समयमै रोमथामका लागि पहल गरेको भएपनि सरोकारवालाहरुले ध्यान नदिएकोले जोखीम बढ्ने गरेको बताए ।

गत बर्षपनि सत्तीघाटपुलको पश्चिम तर्फ पुलको छेपमा प्वाल परेको थियो । हुलाकी मार्ग संग जोडिएको सत्तीबाट पुल क्षेत्र र कर्णाली नदीको जोखीम क्षेत्रहरुमा सघिय मन्त्रीहरुबाट निरिक्षण नभएको भने होइन , पुलमा एक स्पान थप्नका लागि बजेट छुट्टाउने छु भन्ने आश्वसन आउने गरेको भएता पनि हाल सम्म कुनै टुगो लाग्न भने सकेको छैन ।

जोखीममा रहेको सत्तिघाटपुलका समयमै मर्मत हुन सकेन भने सो क्षेत्रबाट आवातजावतनै बन्द हुने देखिन्छ भने नदी पसेको खण्डमा ठूलो क्षती हुने अनुमान गर्न सकिन्छ । भने समयमै तत्बन्धको काम सुरु हुन नसक्दा बर्षनी जनताहरुले दुखझैन्नु परेको छ । 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!