बर्दिया कैलाली जोड्ने हुलाकी मार्गमा पर्ने सत्ती घाट पक्की पुल जोखीममा परेको छ ।
बर्दिया तर्फको दोस्रो स्पानको मार्थिलो भाग केही छुट्टीएको कारण पुल जोखीममा परेको हो । पुलको माथिल्लो भागको लगभग ४ इन्ची जती भाग छुट्टीएको छ ।
Insert your Ads code here
गत असार महिनामा बर्दिया तर्फ को भाग को एप्रोच स्ल्याब भत्किदा लगभग ६ दिन सम्म बाटो अवरुद्ध भएको थियो । २०७१ सालमा निर्माण गरिएको १३ वटा स्पान रहेको पुलको लम्बाई ५३१ मिटर रहेको छ ।
पुल जोखीममा परेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएस पी भरत लामा , सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट राजापुरका प्रमुख खेम बोगटी , राजापुर नगरपालिका वडा३ का अध्यक्ष बिष्णु प्रसाद खनाल बर्दिया उद्योग वाणिज्य संघका सचिब केदार थापा, लगायतकाले पुलको निरिक्षण गर्नु भएको थियो ।