Loading... आजः शनिबार , श्रावण १२, २०८१

ज्याकब खालिङको बयान भ्रामक, गैरजिम्मवार अनि मनगढ़न्तेः एसडीएफ


गान्तोक, 17 जूनः सिक्किमका प्रमुख विपक्षी दल एसडीएफ पार्टीले बुधवार एउटा प्रेस विज्ञप्ति जारी गरेर 16 जूनका दिन एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले दिएको प्रेस बयानलाई भ्रामक, गैरजिम्मेवारी र मनगढ़न्ते बताएको छ। एसडीएफ पार्टीको चेली मोर्चा सचिव (प्रभारी) शकुन गुरुङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, 16 जुन 2020 का दिन मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले एसडीएफ प्रबक्तामाथि भएको प्राणघातक हमला काण्डलाई लिएर अति भ्रामक, गैरजिम्मेवार र मनगढन्त बयान दिएका छन्। एसकेएम पार्टीको असली चरित्र जेकब खालिङको त्यही अप्रजातान्त्रिक बयानले प्रष्ट पारेको छ। जेबी दर्नाल राजनीति र पार्टीमा एसकेएमसँग मिल्दैन भन्दैमा उनीमाथि भएको ज्यानलेवा हमलाकाण्ड नै ओझलमा राख्न मिल्दैन। एसकेएम पार्टी एउटा राजनैतिक दल मात्र होइन यो अहिले सिक्किम सरकार चलाउने संस्था
पनि हो। सरकारले आफ्नो नागरिक सुरक्षाको जिम्मेवारी लिनु त्यसको मूल कर्तव्य हो। तर जेकब खालिङ र एसकेएम सरकारले सिक्किमकै एकजना नागरिकमाथि दिउँसै भएको प्राणघातक हमलाको गहिरो छानबिन गरी दोषीलाई सजाय दिलाउनुको साटो उल्टै हमलावरलाई लुकाउने तथा तर्काउने बयानबाजी गरेका छन्। एसकेएम सरकारले यसरी बयानबाजी गरेर राज्यमा नागरिक सुरक्षाको कुनै आधार नै नराख्ने काम गरेको छ।
विज्ञप्तिमा अघि भनिएको छ, यस बयानद्वारा सरकारले हमलावर र अपराधीहरूलाई खुल्लमखुल्ला मान्छे मार्ने अप्रत्यक्ष आदेश दिएको छ। यो एसकेएम नेता र सरकारको असली चरित्र हो। एसकेएमले जेबी दर्नालमाथि आइपरेको प्राणघातक स्थितिलाई बजारीकरण गरेर आफ्नो कुटिल उद्देश्य पूरा गर्ने प्रयास गरिरहेको छ। सरकारको काम राजनैतिक बयानबाजी र भ्रामक कुरा गरी जनतालाई अन्योलमा पार्नु होइन तर भ्रम, अन्योलता र दुःख कष्टबाट जनतालाई बचाउनु हो। प्रबक्तामाथि कसले हमला गरेको हो त्यो खोजिनिकाल्ने काम सरकार हो। उल्टा एसडीएफमाथि खनिनु र अपराधीलाई शरण दिनु सरकारको काम होइन। सरकारले सो हमला एसडीएफले गरेको हो
भन्छ भने त्यसको प्रमाण देखाउनुपर्छ। बिना प्रमाण जे सुकै बयानबाजी गरेर असली अपराधीलाई एसकेएमले लुकाउनु पाउँदैन। हामी लुकाउन दिन्नौं।
विज्ञप्तिमा अझ भनिएको छ, एसकेम सरकारले शुरूदेखि नै एउटा न एउटा बहना गरेर चुनाउअघि जनतालाई दिएको बचनबाट तर्किरहेको छ। कहिले के त कहिले केका बहना गर्ने सरकार अहिले भने कोभिड 19 -ले सरकाललाई गाह्रो पार्योे भनेरै समय खेरो फालिरहेको छ। यसमाथि कुनै ठोस काम गरेको छैन। संसारभरि फैलिएको यो महामरीबाट न्युजिल्याण्ड सरकारले आफ्नो देशलाई महामरीमुक्त तुल्याइसकेको छ। यस महामरीको जन्मथलो भएता पनि चीन अहिले सामान्य अवस्थामा आउँदो छ। तर सिक्किम यति सानो राज्यमा समेत सरकारले उचित कदम नचाल्नाले महामरी भित्रियो। सिक्किममा महामरी नआउनु हो भने सरकारले यसको नभएर अर्कै केही बहाना गरिरहेको हुन्थ्यो।
सरकारले सबै कुराको जिम्मा लिएर काम गर्नुपर्छ। चाहे कोभिड 19 को होस् या नागरिक सुरक्षाको विषय नै होस्। कोभिडको समस्याबाट भाग्न एसडीएफलाई गाली गरेर हुँदैन। नागरिक सुरक्षाको सवालमा पनि एसडीएफ पार्टीलाई नै दोष्याएर हुँदैन। एसडीएफलाई गाली गर्ने पहिलेको बानी छोडेर एसकेएमले सरकार कसरी जिम्मेवार बनाउने भन्ने दिशामा काम गर्नुपर्छ किनभने सरकार एसकेएम हो, एसडीएफ होइन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!