Loading... आजः शनिबार , श्रावण १२, २०८१

झण्डै एकहजारजना चित्रकार र फाेटाेग्राफरलाई नेपाल भ्रमण गराउने सहमति


नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले अाज बिहान एघार बजे बेजिङ्गस्थित ईङ्क पेण्टिङ्ग एक्सचेञ्ज असाेसियसनकाे अवलोकन भ्रमण गर्नुभएको छ। अध्यक्ष पाैडेललाई असाेसियसनकाे महासचिव मिसेज हु वईले स्वागत गर्नुभएको थियो। साे अवसरमा असाेसियसनका पदाधिकारीकाे पनि उपस्थिति रहेको थियो।

महासचिव मिसेज हु वई, अन्तर्राष्ट्रिय ईङ्क पेण्टिङ्ग एक्सचेञ्ज असाेसियसनसँग भेटका अवसरमा जनस्तरमा सहयोग अादानप्रदान अादि विषयमा छलफल भएको थियो। नेपालकाे पर्यटन बर्षलाई सफल बनाउन झण्डै एकहजारजना चित्रकार र फाेटाेग्राफरलाई नेपाल भ्रमण गराएर नेपालकाे बारेमा प्रचारप्रसार गर्ने तय भएको अध्यक्ष पाैडेलले अाफ्नाे फेसबुक वालमा लेख्नुभएको छ। भेेेेेटका अवसरमा नेपाल र चीनको कला संस्कृति, चित्रकला र फाेटाेग्राफीका बारेमा समेत छलफल भएको बुझिएको छ। अध्यक्ष पाैडेल र महासचिव मिसेज हु वईका बीच भेटवार्ता हुँदा काेलियान चुह कल्चरल ट्रान्समिसन बेजिङ्ग ग्रुप कम्पनी लिमिटेडका अध्यक्ष मि. वाङ मिन सिअाअाेकाे पनि उपस्थिति थियो।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!