बर्दिया गुलरिया जिल्ला प्रहरी कार्यालय बर्दियाले आज टाँगा चालक र माटोका भाडा बनाउनेहरुलाई मास्क र साबुन वितरण गरेको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ७ महा कवि देवकोटा स्कूल टोलमा रहेका टाँगा चालक र माटोका भाडा बनाउने समुदायलाई कोभिड १९को वारेमा जानकारी दिने क्रममा मास्क र सावुन वितरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले नयाँ भेरियन्ट सहित कोभिड संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोगगर्ने, साबुन पानीले हातधुने अनावश्यक रुपमा बाहिर हिडडूल नगर्ने एक आपसमा २ मिटरको भौतिक दुरी कायम राख्ने जस्ता स्वास्थ्य सुरक्षा मापद्ण्ड अपनाउनु पर्ने बारेमा जानकारी दिनु भएको थियो ।