Loading... आजः शनिबार , श्रावण १२, २०८१

टिवाइसीले 61औ कमोमरेटिङ डेमा चिनियाँ सरकारको नीतिको विरोध गर्दै निकाल्यो बाइक र्याली


गान्तोक,10 मार्च । टिबिटेन युथ काग्रेसले 61औ कमोमरेटिङ डेमा गान्तोकदेखि सालुगढासम्म 61 वटा मोटरसाइकलको प्रतिवाद र्याली आयोजन गर्यो।भारत तिब्बत सहयोग मञ्चका अध्यक्ष रूद्र पौडेल र तिब्बत महिला संगठनको अध्यक्षा श्रीमती छिरिङ डोलकरले तिब्बतको राष्ट्रिय झण्डा र टीवाइसीको झण्डा हल्लाएर गान्तोकको विधानसभा परिसरबाट विदा गरे। भारत र तिब्बतको राष्ट्रिय गीत गाएर शुरू भएको कार्यक्रममा तिब्बती समुदायसितै स्थानीय मानिसहरुको बाक्लै उपस्थिति रहेको थियो। तिब्बतमा चिनीयाँ शासनको दबाब र स्वतन्त्र तिब्बतको मागलाई दबाउने भइरहेको अत्याचारको बिरोध गरेर मुक्तिको आवाज उठाउनेहरूको सम्मानमा यो कार्यक्रम आयोजन गरिएको टीवाइसीको अध्यक्ष तेञ्जिङ पल्वारले बताए।
टीवाइसीको पूर्वोत्तर क्षेत्रले आयोजना गरेको यो र्यालीमा सिक्किमलागयत कालेबुङ,खरसाङ, दार्जीलिङका टीवाइसी सदस्यहरु सहभागी रहेको छ । गान्तोकबाट सालुगढासम्मको 105 किलोमिटरको र्यालीमा फ्री टिबेटबारे जानकारीमूलक पर्चा अनि तिब्बतको मुक्तिको संघर्षको कथा व्यथा रहेको लिफलेट मार्फत मानिसहरुको ध्यान केन्द्रित गरिने बताइएको छ। फ्री टिबेट सेफ इण्डिया नारा दिइएको यो कार्यक्रममा 61 वटा मोटरसाइकल सामेल रहेकोछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!