Loading... आजः शनिबार , श्रावण १२, २०८१

टिस्टा नदीको जलस्तर बढ्यो 150 परिवार आतङ्कित


सिङ्ताम २८ जून। दक्षिण सिक्किम आदर्श गाउँका टिस्टा नदी किनारमा बसोबासो गर्ने मानिसहरु यो बर्खाको मौसमसितै त्राही त्राही भएर बस्न बाध्य बनेका छन्। सिङ्ताम पारी आदर्श गाउँको टिस्टा नदी किनारमा रहेको लगभग २४ -२५ घर बर्खामा टिस्टा नदीको जलस्तर भयानकरुपमा वृद्धि हुने गरेकोले ती घरहरुमा बसोबासो गर्ने लगभग १५० परिवारहरु चिन्तित छन्।

टिस्टा नदीको भयानक भलजलले घर नै बगाएर लानसक्ने स्थिति रहेको उनीहरु बताउँछन्। उक्त नदी किनारमा संरक्षित पर्खाल लगाउन विगत सिक्किम सरकार, एनएचपीसी तथा लेन्को कम्पनीलाई स्थानीय मानिसहरुले धेरैपल्ट माग गरेका थिए तथा सिक्किम सरकार तथा एनएचपीसी एंव लेन्को कम्पनीले पर्खाल लगाइदिने आश्वासन दिएता पनि हालसम्म आदर्श गाउँको टिस्टा नदी किनारमा संरक्षित पर्खाल नलगाएकोले स्थानीय मानिसहरु चिन्तित छन्। यसै विषयमा गम्भीर बन्दै स्थानीय एक समाजसेवी मिलन खतिवड़ाले वर्तमान मुख्यमन्त्री पी, एस, गोलेले आदर्श गाउँको टिस्टा नदी किनारमा संरक्षित पर्खाल लगाइदिने व्यवस्था अवश्य गरिदिने छन् भनी पूर्ण विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री गोलेले हालै सिङ्ताम लाल बजारको आगलागी घटनाको निरीक्षण भ्रमणमा आउँदा आदर्श गाउँको पनि भ्रमण गरेको तथा यहाँको टिस्टा नदी किनारमा रहेको घरहरुको पनि टाड़ैबाट निरीक्षण गर्दै यस नदी किनारमा सरकारले संरक्षित पर्खाल लगाइदिने स्थानीय मानिसहरुलाई आश्वासन दिएको कुरोको स्मरण गराउँदै उक्त भ्रमणको निम्ति समाजसेवी मिलन खतिवड़ाले मुख्यमन्त्री गोलेप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!