Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

टिस्टा नदीको लिखुभीरबाट खस्यो वाहन


एक बालिकाको मृतदेह उद्दार, चारजना बेपत्ता

गान्तोक, 24 जनवरी। सिक्किम र भारतको अन्य राज्यसित जोडिने मुख्य सड़क राजमार्ग 10 को लिखु भीरमा आज बिहान लगभग 10 बजी गान्तोकबाट पश्चिम बङ्गालको डुवर्सको वीरपाडामा आयोजित ईसाई समुदायको धार्मिक कार्यक्रममा भाग लिन गएका एउटा परिवार चडेको वाहन दुर्घटनाग्रस्त बनेको छ। राजमार्गको लिखुभीरमा वाहन नदीमा खसेपछि बेपत्ता भएको छ। समाचार लेख्ने समयसम्म लगभग 10 घण्टा उद्दार कार्य चलाइएको भए पनि बिहान पानीमा तैरिरहेको बालिक साक्षी राई (14) को लाश बाहेक वाहन र परिवारका अन्य सदस्यहरूको पत्तो लाग्न सकेन्। घटनामा पर्नेहरूको बारेमा टिस्टा थाना ओसी लाक्पा भोटियाले दिएको जानकारी अनुसार गान्तोकको इन्दिरा बाइपासमा बस्दै आएका दार्जीलिङ सिङमारीका चन्दन राई (43) का परिवार श्रीमती तुलसी राई (पत्नी), सरगम राई (19) छोरो, साक्षी राई (14) छोरी र चालक देवदत्त तामाङ चडेको वाहन दुर्घटना परेका छ। जसमा छोरी साक्षीको लाश भने पुलिसले नदीमा तैरिरहेको फेला पारेपछि पोस्टमर्टमको निम्ति कालेबुङ अस्पताल पठाएको छ। दुर्घटनामा परेका परिवारका अन्य सदस्य वाहन र चालकको भने टिस्टा नदीको चिसो जमेको पानीमा दिनभरि खोज्ने प्रायस गर्दा पनि पत्तो लागेको छैन। पुलिस र टिस्टा रङ्गीत उद्दार समितिले सिमित साधनमा चलाएको उद्दार कार्यले सफलता प्राप्त गर्न नसकेपछि परिवारका आफन्तहरूले प्रशासनको कमी कमजोरी केलाउँदै उदासिनता र गुनासो पोखेका छन्। केही नचलेपछि पुलिसले राष्ट्रिय आपदा रेस्पोन्स फोर्स (एनडीआरएफ) बोलाएको छ। जसले भोलि बिहान 6 बजीदेखि बचाउ कार्य थाल्ने बताइएको छ। अर्कोतिर आज दुर्घटनाले व्यापक रूपमा राजमार्गको प्यारेपेट र स्टील बार लगाउने विषयमा प्रश्न उठेको छ। राजमार्गमा जुन ठाउँमा आज दुर्घटना भयो त्यहीं ठाउँ नजिकदेखि प्यारेपेट र स्टील बार लगाउने काम रोकेको कारण यस्ता दुर्घटनालाई रोक्न नसकेको अनि हाइवेमा हुनुपर्ने आवश्यक सुरक्षा नभएको प्रस्सत गुनासो पुनः बौरी उठेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!