कैलाली/ टीकापुर शान्ती सुरक्षाका लागि सधै दिन रात खट्टी रहने नेपाल प्रहरी भित्र रहेको ईलाका प्रहरी कार्यालय टीकापुरकैलालीले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ।
कोरोना महामारी जस्तो मानबजीवनलाई नास गर्ने कोरोना भाइरसका कारण अक्सिजन नपाएर अस्पतालमा छट्पटाई रहेका कोरोना भाइरसका बिमारी बचाउनका लागि प्रहरी हाम्रो साथी हो भन्ने उद्यारणीय दिन सफल भएको छ ईलाका प्रहरी कार्यालय कैलाली टिकापुर कोरोना भाइरस रोकथामका लागि रोग फैलिन नदिन केही कतै बाध्य भएर लाठी उठाउन समेत परेका नेपाल प्रहरीत्यसमा पनि ईलाका प्रहरी कार्यालय कैलाली टिकापुर प्रति अन्य सबैले सिक्नु पर्ने देखिन्छ । ईलाका प्रहरी कार्यालय टिकापुर कैलाली कार्यालय एवं मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।
टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गद ईलाका प्रहरी कार्यालय टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै बुधबार उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको कार्यालयले जानकारी दिएको छ । डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण गरिएको हो ।