Loading... आजः शनिबार , श्रावण १२, २०८१

टीकापुर -५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्कियर नदि गाउँ पस्याे


२ कार्तिक २०७८, मंगलवार

कैलाली टिकापुर

टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ ।
मंगलबार १ बजेर ३० मिनेटमा कर्णाली नदि तटबन्ध भत्काएर नदि गाउँ पसेकाे हाे । टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको हाे ।

Insert your Ads code here

कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन् ।

टीकापुरका वडा नं. ५ का शाहीपुर र दौलतपुर, वडा नं. ७ को सिम्रेनी, सत्ती, महादेवटोल, पदमपुर र धामीटोल, वडा नं. ८ का बनगाउँ, फाटा, अर्नुवा, बटनपुर, सूर्यपुर, कालमाटी कमलगाउ लगायतका बासिन्दालाई उच्च जोखिम छ । वर्षाका कारण कैलालीका अधिकांश किसानले काटेको धान पनि नष्ट भएको छ ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!