Loading... आजः शनिबार , श्रावण १२, २०८१

टेस्टिङ ल्याबको निम्ति सबै ठिकठाक भए शनिबारदेखि जाँच शुरु हुनसक्छ- डा. भोटिया


गान्तोक, 29 मई। उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा कोविड-19 जाँचको नमुना धेरै थुप्रिएपछि सिक्किमबाट गइरहेको नमुना जाँच नगरेर फर्काइएको सन्दर्भमा सिक्किमका स्वास्थ्य विभागका डीजी तथा सचिव पेम्बा टी. भोटियाले त्यसको कारणहरू बताएका छन्। उनले बताए अनुसार हिजो 85वटा नमुना उत्तर बङ्गालले फर्काएको छ भने त्यो अहिले गान्तोकको एसटीएनएममा राखिएको छ। यस्तो हुन स्वभाविक भएको बताउँदै सचिव भोटियाले उत्तर बङ्गालमा अहिले नै आफ्नो क्षेत्रको 6 हजार भन्दा धेरै नमुना जाँचको पालो पर्खिएर बसेको अनि सिक्किमको पनि पहिलेबाटै आठ सय नमुना स्थगित रहेको हुनाले थप नमुना नपठाउने उनीहरूको अनुरोध जायज रहेको हुनाले यस्तो पहल गरिएको हुनसक्छ भन्दै अब एसटीएम अस्पतालमै आरटीपीसीआर सञ्चालन शुरु भएपछि सजिलो हुने बताए।
अहिलेसम्म पाँचवटा ट्रूनेट मशिनमा जाँच भइरहेको अनि एक घण्टामा पाँचवटा नमुना जाँचहुँदा 10 घण्टामा धेरै जाँच गर्न सकिने अनि सबै कर्मचारीले पूर्ण समर्पणको साथमा यसबारे काम गरिरहेको अनि एक जना कोरोना पोजिटिव रहेको युवकको सम्पर्कमा रहेको प्राइमेरी कण्टेक्सको सबै जाँच ट्रूनेट मार्फत नै गरेर नेगेटिव पाइसकेको बताए। आरटीपीसीआर जाँचको निम्ति टेस्टिङ किट कोलकाताबाट मगाइएको अनि आज बेलुकी आइपुगेको हुनाले भोलिदेखि सबै कुरा ठिकठाक रहेमा जाँच हुनसक्ने सम्भावना व्यक्त गरे। यसका साथै जाँच शुरु गर्न अघि शुरु गर्न पर्ने सेम्पल जाँचको निम्ति पनि कोलकाताबाटै नमुना पनि आइरहेको बताए।
अर्कोतिर सिक्किमको एकमात्र कोरोना पोजिटिव व्यक्तिको स्वास्थ्यमा कुनै गडवडी नरहेको अनि अहिले स्वास्थ्य अवस्थामा रहेको बताए। उनी पेसेलिटी कोरेण्टिनमा रहेको कारण चिकित्सा सेवा दिन सजिलो भएको पनि बताए। उनलाई पहिलो दिन ज्वरो र चिसो लागेको शङ्केत पछि अहिले कोविड-वार्डमा आएपछि त्यस्तो कुनै समस्या देखा नपरेको बताए। उनलाई 14 दिनपछि पुनः जाँच गरेपछि कोरोना नकारात्मक भेटिए स्वास्थ्य घोषित गर्दै छुट्टी दिइने पनि बताए। कोरेण्टिनको बारे अहिले पनि मानिसहरूमा अन्योलता रहेको बताउँदै फेसिलिटी र पेड जुनै कोरेण्टिनमा बसेपनि 14 दिनपछि पुनः 14 दिन होम कोरेण्टिनमा सबै मानदण्डलाई पालन गर्दै जम्मा 28 दिन कोरेण्टिनमा बस्नैपर्ने नियम भएको हुनाले 14 दिन सकेर पनि घरमा पनि अलग प्रकारले सुरक्षित बस्नुपर्ने कुरालाई ध्यान दिनुपर्ने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!